पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख १८ राजविराज | </b>पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।<br></p><p>मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।</p><p>पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नम्बरको मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। (रासस)</p>

