२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलित परिवारको चुलो–चौकसमा काम गर्दै गुल्मीकी कांग्रेस नेतृ सापकोटा

२०७५, १९ बैशाख बुधबार ०७:४१

प्रेम सुनार/बैशाख १९ गुल्मी। आज विहान  पँधेरोमा पानी बोकेर आए पछि गुल्मी अस्लेवाका उत्तम सुनारको घरमा आँगन वढार्ने र पानी तताउने काममा व्यस्त थिईन कांग्रेस नेतृ विष्णुकुमारी सापकोटा ।


नेपाली कांग्रेस गुल्मीले अगाडी सारेको ५० दिने महाअभियानको क्रममा सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवामा खटिएकी सो पार्टीकी  जिल्ला सचिव सापकोटा उत्तम सुनारको घरमा आईतवार देखि वस्दै आई रहेकी हुन् । अभियानको नीति अनुसार जिल्लाभर हिडेका कांग्रेस कार्यकर्ताहरु नेता वा पाहुनाका रुपमा नभएर सम्वन्धित परिवारका एक सदस्यका रुपमा प्रस्तुत हुने छन् ।


नेतृ सापकोटा पनि त्यही रुपमा प्रस्तुत हुँदै सुनारको परिवारले जे खान्छन् , जस्तोमा सुत्छन त्यस्तैमा  सुत्दै आएकी छन् । गरिवी,  पछ्यौटेपन, सामाजिक विभेद, जस्ता विषयलाई प्रत्यक्ष आफैले अनुभुत गर्ने उद्देश्यका साथ सुरु गरिएको महाअभियानलाई गुल्मी कांग्रेसले मात्र होईन देशैभरको कांग्रेसले  उच्च महत्वका साथ  लिएको छ ।


यहि अभियानलाई नजिकबाट नियाल्न कांग्रेसका युवा नेता एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापा आज गुल्मी आउँदै  छन् । नेता थापा गुल्मीको वाग्ला आए पनि अघि पछि  जस्तो उनलाई यहाँका नेता कार्यकर्ताहरु भेट्न जाने छैनन् ।

‘गगन जी आउँदै हुनुहुन्छ भन्ने सुनेकी छु ’–कांग्रेस नेतृ सापकोटाले भनिन –म त उत्तम जिको वारीमा मकै छर्ने काममा व्यस्तु छु । ’ उनि उत्तम सुनारको घरमा विहानभरी गर्ने कामहरु सके पछि अहिले दिउँसोको मेलो मकै छर्ने , ढल्ला फोर्ने काममा ब्यस्त छन् । उता पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ पनि गगन थापालाई भेट्न आउन नभ्याउने बताए ।


अर्लाङ्गकोटमा सयौं वर्ष  अघि देखि बन्द गरिएको तामा खानी भित्र प्रवेश गरेका श्रेष्ठले अनौठो लागेको बताउँ छन् । उनि पनि ददल्का र दाँसीकोटको विच भागमा पर्ने दलित परिवार मै बसेका छन् ।  उता सचिव खिलध्वज पन्थी आज वाग्लामा छन् । ९३ वटै वडामा खटिएका कांग्रेस जिल्ला प्रतिनिधीहरु अधिकांस दलित परिवारकै घरमा वस्दै छन् र हाम्रो समाजको जातिय विभेदलाई यसै अभियान कै क्रममा दाह संस्कार गर्ने बताएका छन् ।

लिम्घामा पुगेका जिल्ला प्र्रतिनिधी भरत भलामी आफु गहिरो सामाजिक अध्यानमा लागेको बताउँ छन् । यस अभियानले दलित गरिवहरु संग कांग्रेसले अपनत्व बढाएको छ । कांग्रेसले यस अभियनका क्रमा विकास निर्माणमा हुने गरेको ढिला सुस्ती, अनियमित्ता र भ्रष्टचारको भण्डाफोर समेत गर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा