२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् २०१८मा उत्कृष्ट बनेका वलिउड फिल्म

२१ बैशाख २०७५, शुक्रबार ०८:०९

वैशाख २१ काठमाण्डौ | सन् २०१८ को शुरुवात मै प्रदर्शनमा आएका सयौं भारतीय फिल्महरुका भिडमा केहि फिल्महरुले दर्शकको मन जित्न सफल बनेका छन् | फरक कथा र फरक विषयवस्तु भएकै कारणले आलोचकहरुले समेत केहि फिल्मलाई उत्कृष्ट मानेका छन् |


दर्शकको मन जित्न सफल बनेको फिल्म मध्ये एउटा 'बागी २' रहेको छ | बागीको सिक्वेलको रुपमा उक्त फिल्म साजीद नादिल्वालाको निमार्ण र अहमद खानले निर्देशनमा रहेको छ | टाइगर  सोर्फ़ र दिशा पट्नानीको मुख्य भूमिका रहेको उत्त फिल्मलाई फुल एक्शन मुभि मान्न सकिन्छ |

टाइगर सोर्फ़को कारणले दिशा पट्नानी ओझलमा परेता पनि जति उनले भूमिका गरेकि छिन् त्यो एकदमै उत्कृष्ट रहेको छ | टाइगरले एक आर्मी अफिसरको भूमिका रहेका छन् भने  दिशाले एक छोरीकि आमाको भूमिकामा रहेकी छिन | दिशाको छोरी हराएपछि टाइगर र दिशाले उनलाई खोज्न गरेको संघर्ष नै मुख्य कथावस्तु रहेको छ | एक्सन पक्षलाई उत्कृष्ट बनाइएको उक्त फिल्ममा अरु पक्षलाई सामान्य रुपमा देखाइएको छ | यो फिल्मको नेट कलेक्शन भने २ सय ४६ करोड गरेको छ |


त्यस्तै वलिउड अर्को फिल्म-हिच्की पनि दर्शकमाझ उत्कृष्ट बनेको छ | लामो समय देखि फिल्म क्षेत्रमा नदेखिएकी रानी मुखर्जी पनि 'हिच्की' मार्फत दर्शक माझ देखिएकी छिन् |

सिद्धार्थ माल्होत्रले निर्देशन उक्त फिल्म मनीष शर्माले निर्माण गरेका छन् | उत्त फिल्म ब्रद कोहेनको जीवन कथामा आधारित रहेको छ | फिल्ममा रानी मुखर्जीलाई एक शिक्षिकाको भूमिमा देख्न सकिन्छ | उनलाई तौरेत्ते स्यानड्रोम (बाडुल्की लाग्ने रोग) लागेको र उनले गरेको संघर्षलाई मुख्य कथावस्तुमा देखाइएको छ | यो फिल्मको उत्कृष्ट एक्टिङ नै मुख्य पक्ष रहेको छ भने फिल्मले ७५ करोड बराबरको नेट कलेक्सन  गरेको छ |


त्यस्तै अर्को फिल्म प्याड म्यानले पनि दर्शकको मन जितेको छ | अक्षय कुमारको मुख्य भूमिका रहेका उक्त फिल्ममा सोनाम कपूर र राधिका अर्पितले साथ दिएका छन् | ट्विकल खन्नाले निमार्ण गरेकी उक्त फिल्मको निर्देशन बाल्कीले गरेका हुन् | यो फिल्मको राम्रो पक्ष कथावस्तु रहेको भने फिल्मको सिनेमाटोग्राफी भने कम्जोर रहेको छ | फिल्मले नेट कलेक्सन १ सय ४१ करोड गरेको छ |

त्यस्तै २०१८ को सुरुवातमै प्रदर्शन भएको फिल्म 'पदमावत'ले पनि दर्शकको मन जितेको छ  | 


संजयलीला भन्सालीको निर्देशन तथा निर्माण रहेको उक्त फिल्म राजपुत महार्सल रतन सिंह र उनकी रानी पदमावतीको युद्ध अनि सुल्तान अलाउद्दीन खिल्जीसंगको बिषयमा लिएर बनाएको छ | २ सय करोडमा निर्माण गरिएको थियो उत्त फिल्म अहिले सम्मको महँगो फिल्म भनिएको छ | दीपिका पादुकोण,रणवीर सिंह र शहिद कपूरको मुख्य भूमिका उक्त फिल्ममा  सुरुदेखि अत्यसम्म रणवीरको एक्टिङ मुख्य आकर्षणको पक्ष रहेको छ | उक्त फिल्मले ४ सय करोड नेट कलेक्सन गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की