2026-07-27 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विदेशमा रहेका गुल्मीका रुरुवासीले दिए गाउँलाई एम्वुन्स सुविधा

प्रेम सुनार/बैशाख–२४ गुल्मी। गुल्मीको रुरु गाउँपालिका घर भई युएई दुवईमा कार्यरत ९ जना युवाहरुले सामाजिक सञ्जाल मार्फत सुरु गरेको अभियानले गाउँमा एम्वुलेन्स सुविधा उपलव्ध भएको छ ।

सुरुमा युएईमा कार्यरत रुरु–४ वलेटक्सार निवासी सुर्य ज्ञवाली र रुरु–२  ग्वादी घर भई दुवई मै कार्यरत वावुराम गोतामे सुनार र  रुरु–५ वम्घा घर सोही स्थानमा कार्यरत केशवराज  ज्ञवालीले अभियान छेडेका थिए ।

उनिहरुले सामाजिक सञ्जाल फेसवुक मार्फत अभियान छेड्न साथ थप ६ जना रुरु–५ वम्घाका पदमलाल श्रेष्ठ, वलेटक्सा घर भई युकेमा कार्यरत निराजन खड्का, वलेटक्सारकी लक्ष्मी ज्ञवाली, सोही स्थान घर भई दुवईमा कार्यरत कमल गौतम , ईश्वरी ज्ञवाली र ग्यादी घर भई दुवईमा कार्यरत किशान विश्वकर्मा सहित ९ जनाले एम्वेन्स सेवा समिति गठन गरी ५  महिनाको अवधीमा  १ सय ८१  जनाबाट कुल ११ लाख ७५ हजार २ सय ५१ रुपैयाँ संकलन गर्न सफल भएका थिए ।

उक्त रकम मध्ये १० लाख १२ हजार ४ सय रुपैयामा नेपाल सरकारबाट ९९ प्रतिशत भन्सार छुट गरी एम्वुलेन्स खरिद गरेका छन् । उक्त एम्वुलेन्स सोमबार एक कार्यक्रमका विच रुरु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । 

एम्लेन्सको उद्घाटन जिल्ला सम्वन्य समितिका सदस्य हरिप्रसाद ज्ञवालीले ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।

समितिकी पदाधिकारी लक्ष्मी ज्ञवालीले रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमलाई चाँवी हस्तान्तर गरेकी थिईन् । अर्का पदाधिकारी पदमलाल श्रेष्ठले सुरु ति तिन जना अभियाले छेडेको अभियान आज सफल भएकोमा आफुहरुलाई हर्षित तुलाएको बताए । 

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अर्का पदाधिकारी केशवराज ज्ञवालीले एम्वुलेन्सस गरिद गरी संकलित रकम मध्ये ७९  हजार  १ सय ४९ रुपैयाँ बचेको र सो रकम एम्वुलेन्स सञ्चालनका लागि समितिमा रहने जानकारी दिएका थिए ।

कार्यक्रममा रुरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले सहयोगी हातहरुलाई  धन्यवाद दिएका थिए । त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ वलेटक्सार शाखाका अध्यक्ष  तोयनारायण ज्ञवालीले अव  भाषणमा होईन यसरी नै तथ्य र तथ्याङकमा आधरित काम गर्ने बेला आएको बताएका थिए ।

त्यस्तै सम्पुर्ण राजनैतिक दलको तर्फबाट नेकपा एमालेका रुरु गाउँपालिका ईञ्चार्ज चक्रपाणी गौतम,  रुरु गाउँपालिकाको तर्फबाट प्रमुख निलकण्ठ गौतम लगायतका वक्ताहरुले स्वदेशका विभिन्न स्थान देवि वंगलदेशी र पाकिस्तानी नागरिकले समेत सहयोग गरी गाउँवासीलाई एम्वुलेन्स सुविधा दिएको प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा सहयोगदाताका परिवारजनलाई सम्मान समेत गरिएको थियो ।   रुरु गाउँपालिका प्रमुख गौतमको अध्यक्षतामा हस्तान्तरण कार्यक्रममा उपप्रमुख लक्ष्मी पन्थको स्वागत  र  सो पालिकाका शव ईन्जिनियर रोमकान्त पाण्डेको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ