2026-07-27 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चन्दा उठाएर तीन दिनपछि उठाईयो शव

प्रेम सुनार | वैशाख ३१, गुल्मी | गुल्मीको शान्तिपुरमा मजदुरी गर्दै आई रहेकै क्रममा बैशाख २९ गते विहान मृत्यु भएका एक  मजदुरको शव आर्थिक अभावका कारण तिन दिनपछि आज सोमवार  सदरमुकाम तम्घासमा चन्दा उठाएर अन्यन्यष्टिका लागि पठाईको छ ।

चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर वजारमा आफ्नो घर सुर्खेत बताउँदै निर्माणको क्षेत्रमा मजदुरी गर्दै आएका ४२ वर्षिय सुरज शर्माको शव यसरी चन्दा उठाएर  अन्त्यष्टि गर्नु परेको हो ।

उनले गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्वर ४ , पुर्तिघाट निवासी २८ वर्षिया पवित्रा  सार्की  संग तिन वर्ष अघि विवाह गरी शान्तिपुर वजारमा  मजदुरी गर्दै आई रहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी श्रीमति संग उनले जिवित छँदा आफ्नो घर सुर्खेत हो , भने भन्दा वाहेक अन्य कुरा अज्ञात रहेको छ । 

तश्विरमा: तीन दिनसम्म पनि श्रीमानको शव उठाउने कुनै उपाए नभएपछि चिन्तामा परेकी उनै पवित्रा सार्की ।

चार वर्ष अघि उहाँले शान्तिपुरमा पुल बनाउँदा आउँदा चिनजान भएको थियो मृतककी श्रीमति पवित्राले भनिन त्यसपछि विवाह भयो, मैले उनको अरु घर ठेगना माग्दा पनि दिनु भएन र घर जाउँ भन्दा पनि मान्नु भएन ।’

उनका अनुसार  शर्मा एक वर्ष अघि देखि  जन्डिसकोको विमारले थला पर्दै आई रहेका थिए । समयमा उपचार गर्न नसक्दा थला परेका उनलाई श्रीमति पवित्राले शान्तिपुरको होटलमा जुठा भाँडा माझेर आफु र श्रीमानको पालन पोषण गर्दै आई रहेकी थिईन् । 

चरम आर्थिक संकट वेहोर्दै आएका बेला  श्रीमानको मृत्यु हुने दिन पवित्रा संग एक पैसा पनि साथमा थिएन् । कोठा मै मृत्यु भएकोले प्रहरीले पोष्ट मार्टम गराउनु पर्ने भएपछि उसै दिन जिल्ला अस्पताल तम्घास ल्याउनु परेको थियो ।

उनकी श्रीमति संग पैसा नभए पछि चन्द्रकोट गाउँपालिकाले ९ हजार रुपैयाँ गाडी भाडा तिरेर शव सदरमुकाम पठाएको थियो । हिजो दोश्रो दिन श्रीमतिलाई झिकाए पछि पवित्राले एक छिमेकी दिदीको सहयोगमा ५ सय रुपैयाँ सापटी मागेर तम्घास आएकी थिईन् ।

हिजो देखि तम्घासमा ओठ मुख सुकाउँदै बसेकी पवित्राको दयानिय अबस्था देखेपछि प्रहरी शव उठाएर अन्त्यष्टि गराउनका लागि स्थानिय संघ संस्था संग सहयोगका लागि अपिल गरी रहेको थियो । यहि क्रममा अपरान्ह सम्म कतैबाट सहयोग नजुटे पछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले यसै समाचारदातालाई  कार्यालयमा बोलाएर आग्रह गरेका थिए ।

सोही अनुरुप सामाजिक सञ्चालमा यस समाचारदाताले सहयोगको अपिल गर्न साथ  गुल्मी  केयर विश्व सञ्जालले तत्कालका लागि ५ हजार उपलव्ध गराएको थियो । लगत्तै तम्घासका सामाज सेवी नन्दराम भुसालले १ हजार , गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले संस्थाको तर्फबाट १ हजार  सहयोग उपलव्ध गराएका थिए ।

त्यस्तै रेसुङ्गा नगरपालिकाले ३ हजार , तम्घास पुतली बजारको भगवान सप्लायर्शले ५ सय र सन्ध्या शिरक डसनाकी प्रोपराईटर निर्मला केसीले ५ हजार सहित कुल ११ हजार रुपैयाँ संकलन गरी अहिले साँझ  प्रहरीले सदरमुकाम नजिकै छल्दी खोलामा उनको अन्त्यष्टि गर्न  लगेको छ ।

रेसुङ्गा नगरपालिकाको मिनी ट्रिपरमा राखेर उनलाई लगिएको हो ।  मृतकको परिवारजनको पत्तो नलागेकोले उनलाई वेवरिसे शवका रुपमा प्रहरीले श्रीमतिको रोहवरमा अन्त्यष्टि गर्नु परेको बताएको छ । 

श्रीमानको मृत्यु पछि अहिले अलपत्र परेकी उनलाई किरिया क्रम गर्ने ठाउँ समेत नभए पछि चन्द्रकोट गाउँपालिकाले कुनै स्थान उपलव्ध गराई दिने बचन दिएको पवित्राले बताईन् । उनको माईती घरमा दाजु भाई कसैले पनि हेर विचार गर्दैनन् ।

आमा वुवा नभएको र दाजुले  वहिनीको श्रीमान मृत्यु भएको खवर पाउँदा आफु खुशी गएकी हो , हामीलाई के खाँचो भन्दै टर्रो बचन दिएको पवित्राले बताईन् । किरिया खर्चका लागि चन्द्रकोटवासीले सवै संग सहयोगको अपिल गरेका छन् ।

पति वियोगमा परेकी पवित्राले पनि गहभरी आँशु पार्दै  भनिन–‘ अव म  कहाँ जाउँ, माईतीले हेर्लान भन्नु पनि छैन, श्रीमानको घर जाउँ भनु भने घर ठेगना केहि थाह छैन, सवैले सहयोग गर्न आग्रह गर्दछु ।’  

उनको विचल्लीको खवर थाह पाउन साथ जिवन नेपाली अर्याल नाम बताउने विदेशबाट एक व्यक्तिले टेलिफोन मार्फत शव उठाउनका लागि आफुले पुरै दश हजार पठाउने उद्घोष गरेका छन् । उनले भोली पठाउने बताएका छन् । तिन वर्ष अघि विवाह भए पनि उनका सन्तान जन्मेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ