2026-09-01 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुटु अस्पताल बटुवलद्धारा गुल्मीका सयौंको निशुल्क उपचार

प्रेम सुनार | जेठ ७, गुल्मी | हृदय रोग निवारण प्रतिष्ठान गुल्मी शाखाको आजोजनामा मुटु रोग सामुदायिक अस्पताल वुटवलको टोलीद्धारा गुल्मीका झण्डै १५ सय जना मुटुका  विमारीहरुको निशुल्क उपचार गरेको छ ।  गुल्मीको सदरमुकाम तम्घासको महेन्द्र माध्यामिक विद्यालयको प्राङ्गालमा आजोजित निशुल्क स्वास्थ्य शिविरको आयोजना गरे  डाक्टर सहित त्यस अस्पतालका ६० जनाको स्वास्थ्यकर्मी टोलीले १३ सय ३४ जनाको मुटु रोग परिक्षण संगै आवस्यक औषधी समेत गरेका  छन् ।

ति मध्य ८ सय जना महिला र ५३४ जना पुरुष थिए । ५ सय ७६ जनाले ईसीजी परिक्षण गरेका थिए भने २ सय ५३ जनाले ईको परिक्षण गरेका थिए । शिविरमा छाती सम्वन्धि एफपी परिक्षण सेवा ४५ जनाले लिएका थिए । ३ सय २७ जनाले ल्याव टेष्ट गरेका थिए भने ११ सय ७६ जनाले सुगर परिक्षण गराएका थिए ।  त्यस अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरहरु समिर गौतम, विशाल केसी, अनिष हिराचन , छाती रोग विशेषज्ञ डाक्टर रमेश राना, मृगौला रोग विशेषज्ञ डाक्टर रजत काश्यथा , मेडिकल डाक्टरहरु जगनाथ यादव , सुशिल आर्याल, वलिष्ठप्रसाद यादव , रवि भण्डारी र आशिष रेग्मी लगायत निशुल्क स्वास्थ्य शिविरमा  खटिएका थिए । डाक्टर समिर गौतमले  केहि वालवालिका र युवाहरुमा भुटुको भ्वल्भमा प्वाल परेको बताएका छन् ।  

सो अस्पतालका अध्यक्ष अजाज आलमले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट बञ्चित हुन नदिने प्रत्याभुति दिने उद्घोष गरेका थिए । शिविरमा नेशनल  हेल्थ केयर सेन्टरले ५ लाख मुल्य बरावरको औषधी निशुल्क शौज्यन्य गराएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले जानकारी दिए । शिविरको समापन गर्दै ५ नम्वर प्रदेशका सासद खड्ग केसी र अर्का सांसद दिनेश पन्थीले मुटु अस्पताल वुटवल र अन्य सहयोगी संस्थालाई धन्यवाद दिदै आफुहरुले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिने बताएका थिए । स्वास्थ्य शिविरमा यहाँका सवै सुरक्षा निकाय , स्वास्थ्य क्षेत्र  , विद्यालय र अन्य विभिन्न संग संस्थाले स्वयम सेवीको भुमिका निभएका थिए ।

सहआयोजकका रुपमा रेसुङ्गा नगरपालिका र गुल्मी उद्योग वाणिज्य संघ रहेको थियो । आयोजक संस्थाका अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न शिविरमा शिविर ब्यवस्थापन उप समितिका  संयोजक शेरबहादुर थापाले धन्यबाद मन्तव्य राखेका थिए भने सचिव तारा उद्योग बाणिज्य संघका महासचिव तारा भुसालको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली