२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मी यातायातले संस्थाबाट व्यक्तिका नाममा करोडौं रकम निकालेको खुलासा

२०७५, ७ जेष्ठ सोमबार ०४:०८

प्रेम सुनार | जेठ ७, गुल्मी | सरकारले  यातायात ब्यवसायीहरुको सिन्डीकेट खारेज गर्ने क्रम सुरु गरी रहेका वेला गुल्मी यातायात ब्यवसायी संघले संस्थाको नाममा रहेको खाताबाट ५ जना ब्याक्तिका नाममा १ करोड ४० लाख रुपैयाँ निकासा गरेको खुलासा भएको छ । संघका अध्यक्ष रुपकलाल श्रेष्ठले  जिल्लाका झण्डै पौने तिन सय गाडीहरु  मर्मत सम्भार र स्तरोन्नतीका लागि प्रति गाडी ५० हजारका दरले व्यवसायीहरुलाई रकम वितरण गर्ने गरी उक्त रकम निकालेको    खुलासा  गरेका हुन् । 

सरकारले सिन्डिकेट खारेज  गर्ने र खाता रोक्का गर्ने भने लगत्तै तपाईहरुले  धमाधम व्यक्तिका नाममा रकम निकालियो भन्ने आरोप लगाईएको छ नि ?  भन्ने प्रश्नमा उनले भने–‘ त्यो मिथ्या कुरा हो । हामीले चैत्र महिना मै यस्तो निर्णय गरेर रकम निकासा गरेका हौं । सरकारले सिन्डीकेट लागु गर्नु र हामीले रकम  निकाल्नु वाख्रो हराउनु  किरो कराउनु जस्तै हो ।’

अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष रमेश श्रीस् , महासचिव उक्तम कुँवर ( हिमाल कुँवर ) र कोषाध्यक्ष ज्ञानु सापकोटा सहितको तिन सदस्यीय कार्य दल बनाएर उक्त रकम निकासा गरी काम सुरु गर्ने निर्णय गरिएको बताए । उक्त कार्यादल थप दुई जना कमल श्रेष्ठ र नारायण ज्ञवाली सहित ५ जनाले जनही २८ लाखका दरले शाईन रेसुङ्गा डेभलभमेण्ड बैंक र गण्डकी विकास बैंकबाट एकै दिन उक्त रकम निकालेको महासचिव हिमाल कुँवरले बताए । ‘ठ्याक्कै मिति अहिले कागजमा नहेरी भन्न सक्दिँन, कुँवरले भने–‘ हामी ५ जनाले एकै दिन २८ लाखका दरले रकम निकालेका हौं । ’  


पौने तिन सय गाडी ब्यवसायीलाई बाँड्ने भनिएकोमा अहिले सम्म कति जनालाई बाँडियो त ? भन्ने प्रश्नमा उनले करिव २ सय जनालाई बाँडी  सकिएको बताए ।  अधिकांस यातायात ब्यवसायीहरुले कुनै भेला नै नवसी समितिका सिमित मानिसहरुले मात्र निर्णय गरेर रकम अपचलन गर्ने प्रयासमा जुटेको आरोप लगाउँदै आएका छन् । मर्मत सम्भार स्तरोन्नतीका लागि यातायात ब्यवसायीहरुको भेला डाक्नु पर्ने , भेलाले निर्णय गरेर मात्र मर्मतका लागि रकम वितरण गरे सोही खाता बाटै निकासा गर्नु पर्ने , किन ब्यक्तिका नाममा निकालियो त ? यस्तो प्रश्न अधिकांस साना यातायात ब्यवसायीहरुले गरेका छन् । 

त्यस रकम निकासा गरिएको  चर्चा झण्डै एक महिना देखि चुलिदै आए पनि न यहाँको सञ्चार माध्याम खोजी नीति तर्फ लाग्यो न त यहाँको प्रशासनले मुख खोल्यो ।    यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा संग जिज्ञाषा राख्दा गृह मन्त्रालयको निर्देशन अनुरुप  प्रशासनले त्यस संघको सम्पुर्ण विवरण सहित बैंक स्टेटमेण्ड समेत माग गरेको र आईतबार मात्रै त्यसका पदाधिकारीले पेश गरेको बताए । 

उनले भने–‘ निकासा गरिएको उक्त रकमका अलवा थप ३० लाख जति संस्था कै खातामा रहेको  छ भन्ने बुझिएको छ  । वृहस्तृत रुपमा हामी बुझ्दै छौं र सवै कुराको छानविन भए पछि मात्र हामी वाहिर ल्याउने छौं  । ’ गुल्मी यातायात ब्यवसायी संघ आज भन्दा ६ वर्ष अघि पनि ५० लाख घोटला काण्डमा अख्यिारको फन्दामा परेको थियो । त्रिपाल बढि भएको  गाडीमा फलामे हुट राख्ने निर्णय गराउने कार्यमा उक्त खर्च भएको विल  संघका पदाधिकारीले पेश गरेको विरुद्ध असन्तुष्ट यहाँका केहि यातायात ब्यवसायीहरुले अख्तियारमा उजुरी हालेका थिए । जुन विषय पछि जिल्ला प्रशासनले कसरी मिलायो ? भन्ने कुरा समेत सर्वसाधरणले थाह पाउन सकेका छैनन् । पछिल्लो यो विषयलाई सरोकारवालाले गम्भीर ढंगले लिएका छन  र प्रशासनको भुमिका कस्तो रहला ? भन्ने विषयमा प्रतिक्षारत छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने