Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ९ राजविराज | सप्तरी बेल्ही चपेना गाउँपालिका– १ मा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा स्थानीय जीतन यादवको ११ वर्षीय छोरा ब्रम्हदेव यादव रहेका छन ।

स १ त ५०८४ नं को ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले उनको खोजी भइरहेको जिप्रकाले जनाएको छ ।

शहीद परिवारलाई गाउँपालिकामा जागिर

यसैगरी सप्तरीको रुपनी गाउँपालिकाले मधेश आन्दोलनका क्रममा शहीद भएका नागेश्वरकुमार यादवका परिवारलाई सामाजिक परिचालकका रुपमा नियुक्ति दिएका छन् ।

शहीद यादवकी पत्नी सुष्माकुमारी यादवलाई सामाजिक परिचालकाको रुपमा नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा गाउँपालिकाका अध्यक्ष हरेराम यादव र उपाध्यक्ष बेचनीदेवी सरदारको संयुक्त हस्ताक्षरित नियुक्ति पत्र सुष्मालाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।

मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकास्तरमा जागिर दिइएको सप्तरीमा सम्भवत यो पहिलो भएको दाबी गरिएको छ ।

विसं २०७२ मंसिर ५ र ६ गते मधेशी मोर्चा सप्तरीले आयोजना गरेको ‘चालु राजमार्ग भरु राजमार्ग’ कार्यक्रमका बेला रुपनीमा प्रहरीले चलाएको गोली लागेर जमुनी मधेपुरा– ९ का २७ वर्षीय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको थियो । रासस