2026-10-28 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

६० वर्षिया हजुरआमाको समेत यस्तो चर्तिकला , ‘सेक्स’ बन्यो दुध र भात

प्रेम सुनार | जेठ ९, गुल्मी | जिल्ला अदालत गुल्मीमा गत श्रावण महिना देखि पछिल्लो ६ महिनाको अन्तरालमा परेका कुल मुद्धाहरु मध्ये झण्डै आधा जस्तो मुद्धाहरु सम्वन्ध विच्छेद कै भेटिएको छ । सो अदालतकी रजिष्टेशन तथा प्रशासन फाँट प्रमुख ना.सु. सिता घिमिरेले दिएको जानकारी अनुसा पछिल्लो ६ महिनामा परेका कुला  २ सय ६४ मुद्धाहरु मध्ये १ सय २१  व्वटा मुद्धा सम्वन्ध विच्छेदका रहेका छन् । सम्वन्ध विच्छेद गर्ने महिलाहरुको उमेर बढि मात्रमा विसा वाईसे रहेको छ ।

सम्वन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहेको छ । कोही अर्का संग गई सके पछि पनि सम्वन्ध विच्छेद गर्न आएका छन् । श्रेतेदार दुर्गाप्रसाद वस्यालका अनुसार अन्तरजातिय विवाह गरेर विष वर्ष देखि अलपत्र एक दलित महिलालाई अदालतले २० वर्ष पछि २० लाख क्षतिपुर्ति भराएर  न्याय दिलाएको छ ।

अर्का एक पुरुषले विवाह गरेको चार पाँच वर्ष सम्म पनि श्रीमति  मन नपराएर अर्को विवाह गर्नका लागि २० लाख रुपैयाँ गोजी भराई गरेर सम्वन्ध विच्छेद गरेका छन् । यी दुई रकम  यस आर्थिक वर्षका सवै भन्दा बढि हो । पछिल्लो चरण एक महिलाले एक पैसा नलिई सम्वन्ध विच्छेद गरेकी छन् ।

अदालतको पुरै सयंन्त्रले विना अंशपात संवन्ध विच्छेद नगर्नुहोस भन्दा पनि नमानेर यो संग बस्नु भन्दा जोगी बन्छु भन्दै आवेशमा आई सम्वन्ध विच्छेद गरेकी उनि अहिले सदरमुकाम तम्घासमा रुँदै अन्यायमा परे भन्दै हिडेकी छन् ।   एउटी साठी वर्षिया हजुर आमाको चर्तिकलाले उनको परिवार र अदालत समेत चकित परेको श्रेस्तेदार वस्याल बताउँ छन् ।

६० वर्षिया हजुर आमाको यस्तो चर्तिकला

एकल महिला रहेकी ६० वर्षिय गुल्मीकी ति बृद्धा घरबाट बृद्धाश्रम बस्न जान्छु भनेर हिडिन  । घरबाट छोरा छोरी र नाती नातिनाले फोन गरेर सोध्धा पनि बृद्धाश्रम मै छु भनिन  । पछि खोज्दै जाँदा उनि अर्कै संग टाप कसेको परिवारजनले पत्तो पाए । दोश्रो विवाह त गरिन तर त्यहाँ उनलाई सोचे जस्तो भएन । नाती नातिनाले मन फर्काई दिए । उनको पालो अदालतमा दोश्रो पति संग सम्वन्ध विच्छेद गरी पुनः पुरानै घर फर्केकी छन् ।

विवाहको २८ दिनमा सन्तान लाभ, ‘सेक्स’ बन्यो दुध र भात

अदालत भन्दा बाहिर एक स्नातक उतिर्ण युवतीले एकातिर सम्वन्ध विच्छेद र अर्कोतिर  विवाह गरेको २८ दिनमा सन्तानको जन्म दिएकी छन्  । पुर्व श्रीमान  संग खासै राम्रो सम्वन्ध नभएको बताईने उनले संगको उक्त सन्तान कता पट्टिको जन्माईन भन्ने अझै खुलेको छैन् ।

आजै छिमेकी जिल्ला पाल्पाकी एक महिला श्रीमान विदेशबाट घर आउने थाह पाउन साथ दुधे वालिका छोरी छाडेर लाखौं नगद सुनका गहना लिएर घरबाट बेपत्ता भएको समाचार सार्वाजानिक भएको छ । उनका श्रीमान विदेशबाट काठमाण्डौं आई सकेकै दिन ति महिला भागेकी हुन । यति वेला उनकी दुधे वालिका घरमा रोएर वेहाल छ ।

थाह छैन उनकी आमको खै कता ‘ववाल’ छ ।  यो सव वैध/अवैध वालै फरर शाररिक सम्वन्ध चलाऔ सरर… हरुले समाजलाई दिएको कडा चुनौती हो  । चुनौती त दिएका छन तर  शाररिक सम्वन्ध दुध र भात जस्तै ठान्ने र पछि त्यही दुध र भात  विष संगै कालो रात बने पछि मात्र  ति ६० वर्षिया हजुर आमालाई जस्तै चेत पस्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला