2026-09-01 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रेमीकाले गर्भपतन गर्न नमानेपछि…

प्रेम सुनार/जेठ–१० गुल्मी। केहि महिना अघि  प्रेमीद्धारा गुल्मी र पर्वतको सिमनामा पर्ने कालिगण्डकी नदिमा हत्या गरी फालिएकी युवतीका हत्यारा प्रेमीलाई आज सर्वस्व सहित जन्म कैदको सजाएँ फैसला गरिएको छ । 

तस्वीरमा: जिवित छँदाकी कमला शर्मा र कालिगण्डकीमा फेला परेको उनको शव र पर्वत प्रहरीले सार्वजानिक गरेको हत्यारा प्रेमी विक्रम | 

२०७४ साल माघ १७ गते साँझ बाग्लुङ्ग को जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्ती निवासी २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालिगण्डकीमा फाल्ने पर्वत जिल्ला विहादी गाउँपालिका वडा नम्वर २ का २३ वर्षिय विक्रम भनेर चिनिने प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको त्यहाँको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो । लामो समय देखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्वन्ध राख्दै शर्माको अस्मीता संग खेलबाड गर्दै आएका विक्रमले प्रेमीका शर्माले गर्भपतन गराउन नमाने पछि कालिगण्डकी नदिमा हत्या गरी फालेको उति वेलै स्वीकार गरेका थिए ।  माघ ५ गते गुल्मीको पुर्तिघाट वजारमा गुम्न आउँ भन्दै बोलाएर हिडेकी शर्मा घरमा पेट दुखेको छ औषधी खान जान्छु भन्दै हिडेको र अलि तल पर्ने  एक मेडिकलमा उनले स्वास्थ्य परिक्षण समेत गराएको खुलेको उनका दाजु रामप्रसाद शर्माले बताए ।

साँझ पख उनलाई फोन गर्दा फोन उठेको र पछि स्वीचअफ भएको थियो ।  निर्दयी प्रेमीले प्रहरीमा यस्तो वयान दिएका थिए–‘ उ संग मेरो प्रेम सम्वन्ध थियो । माघ ५ गते साँझ ६ वजे तिर पर्वत र गुल्मी जोड्ने वउर पुल पारीको खेतमा हाम्रो भेट भयो ।उताबाट पार गरेर पारी खेतमा गएर बस्यौं । उनले मेरो पेटमा गर्भ रहेको छ भनेर भनिन् । मैले गर्भपतन गर भनेर पटक पटक सम्झाएँ ।  उनले मान्दै मानिन् । त्यस पछि हाम्रो बेस्सरी झगडा भयो ।, मेरो पालो म फँस्ने भएँ , विवाह गर्न पर्ने भयो भन्ने ठानेर उनको सल झिकेर गलामा कसेँ, उनको ज्यान लिई सके पछि लतार्दै त्यही पुलमा लगे तल खोलामा फालि दिएको हुँ । ’

उनले थपेका छन –‘ उनले मलाई नमार्नुस्, म तपाईकी हुन चाहन्छु भन्दै हात जोडेर अनन्य विनय समेत गरेकी थिईन तर उसलाई विवाह गर्न नचाहेकै हुँदा मार्नु शिवाय अर्को विकल्प देखिन र मारेको हुँ ।  ’  कमला त्यस घरकी एक मात्र छोरी थिईन् ।  छिस्तीको  जनकल्याण उच्च माविमा कक्षा १२ मा पढ्ने कमलालाई चितवन बस्ने विक्रमले फोन मार्फत पटाएको बुझिन आएको छ । ति निर्दयी प्रेमी कै खातिर अन्यत्रबाट केटा माग्न आउँदा पनि कमलाले अस्वीकार गर्दै आई रहेकी थिईन् । 

  पेटमा  गर्भ रहेको थाह पाए पछि उसै संग रंगिन सपनाको दुनियामा रमाएकी शर्माले त्यसरी ज्यान लेलान भन्ने कल्पना समेत गर्न नसकेको दिनैभर उनि संग दहल फसलले स्पष्ट पारेको छ । एक मात्र छोरी अर्कैको हातबाट मारिदा उनको परिवारका आँखा अझै ओभएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली