२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मदन भण्डारी लोक मार्गले रिडी र तम्घासको भविश्य चम्काउँदै

२०७५, १० जेष्ठ बिहीबार १६:४६

प्रेम सुनार | जेठ १०, गुल्मी | स्थानिय तहको निर्वाचन संगै मानिसहरुको चहल पहल घट्दै जाना थाले पछि सदरमुकाम तम्घासको ब्यापार ब्यवसाय घट्दै गएको थियो । यहाँको जग्गा कारोवार समेत न्युन हुँदै र  यहाँको बेचेर  घडेरी खोज्न वुटवलतिर यहाँका मानिसहरु जान थालेका वेला हालै नेकपाको सरकारले निर्माण गर्न लागेको मदन भण्डार िलोक मार्गले सदरमुकाम तम्घास, रिडी वजार र सिमलटारीको वजारको भविश्य  उज्वल पानेृ निश्चित भएको छ ।  नेपाल कम्युनिस्ट पार्टीको सरकारले आफ्ना नेता स्व. मदन भण्डारीका नाममा चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी कार्यक्रम अघि सारे पछि यहाँका यी वजारको भविश्य उज्वल हुने भएको हो  ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेलधुराको रूपाल (महाकाली नदी)  सम्म मदन भण्डारी लोकमार्ग बनाउने निर्णय गरेको छ  ।

यसको लम्बाइ १ हजार २ सय किलोमिटर हुने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।

चौथो पूर्व–पश्चिम लोकमार्ग चुरे र भित्री मधेसमा पर्ने झापाको शान्तिनगरदेखि चतरा, गाईघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, तम्घास, सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुढा हुँदै रूपालसम्म निर्माण हुनेछ । यो लोकमार्गले चुरे र भित्री मधेसमा पर्ने १४ जिल्ला झापा, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, नवलपरासी, पाल्पा, गुल्मी, प्यूठान, दाङ, सुर्खेत, डोटी, कैलाली र डडेलधुरालाई जोड्ने छ ।

पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो योजना अघि बढाउन लागेको हो । निर्माण सम्पन्न भइसकेको १ हजार २७ किमि लामो पूर्व–पश्चिम महेन्द्र लोकमार्ग २५ वर्षदेखि सञ्चालनमा छ । झापादेखि कञ्चनपुरको चाँदनी–दोधारा जोड्ने दोस्रो पूर्व–पश्चिम हुलाकी लोकमार्ग निर्माण धीमा गतिमा भइरहेको छ ।

झापादेखि कञ्चनपुरसम्म तराई–मधेसको दक्षिणी भेग भएर बन्ने १ हजार २७ किमि लम्बाइको यो लोकमार्गको निर्माण कार्य २० प्रतिशत हाराहारी मात्र सकिएको छ । करिब ८० प्रतिशत ठाउँमा ट्रयाक खोल्नै बाँकी छ ।

२०५० मा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखर नेपाल भ्रमणमा आउँदा भारतले हुलाकी लोकमार्ग बनाइदिने घोषणा गरेको थियो । भारतीय सहयोग पर्याप्त नआउँदा निर्माणले गति लिन सकेको छैन । अघिल्लो वर्षदेखि सरकारले आफ्नै खर्चमा निर्माणलाई गति दिने निर्णय गरे पनि काम अघि बढेको छैन ।

तेस्रो पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने कार्य सकिनै लागेको छ । आगामी आर्थिक वर्षभित्रै यो लोकमार्गको ट्रयाक पूर्ण रूपमा खुली यातायात सञ्चालनमा आउने दाबी भौतिक पूर्वाधार मन्त्रालयको छ ।

पूर्वमा पाँचथरको चियोभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गको लम्बाइ १ हजार ७ सय ७६ किमि छ । ट्रयाक खुलेपछि सडकको रेखांकन सोझ्याएर १ हजार ३ सय किमिमा छोट्टयाउने योजना मन्त्रालयको छ ।

चौथो मदन भण्डारी पूर्व–पश्चिम लोकमार्गमा पर्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा खण्डमा खोलिएको ट्रयाक यातायात सञ्चालन हुन सक्ने अवस्थामा छ । यो खण्डको लम्बाइ ३ सय ८० किमि छ । मधेस आन्दोलनका बेला महेन्द्र लोकमार्ग बन्द हुँदा तराईका यात्रु र मालवाहक गाडी यो खण्डको धरान–चतरा हुँदै हेटौंडा र राजधानी आउने तथा राजधानी–हेटौंडा हुँदै धरानसम्म जाने गरेका थिए ।

कालोपत्रे र पुल निर्माण सुरु भइसकेको यस खण्डमा सरकारले एक वर्षअघि नै करिब १२ अर्ब रुपैयाँमा चारवटा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ ।

बाँकी खण्डको भने अध्ययन र सडकको एलाइन्मेन्ट ९रेखांकन० गर्नै बाँकी छ । यो काम तत्काल अघि बढाइने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार कतिपय ठाउँमा निर्माण भइसकेका सडकसमेत पर्ने भएकाले लोकमार्ग निर्माण छिटो अघि बढाउन सकिनेछ ।

नीति तथा कार्यक्रममार्फत सरकारले यो लोकमार्ग निर्माण गर्ने घोषणा गरिसकेको छ । जेठ १५ मा आउने बजेटमा रकम विनियोजन गरिने जानकारीसमेत ती अधिकारीले दिए ।  लोक मार्ग संगै रेसुङ्गा विमन स्थलको अव छिट्टै परिक्षण उडान समेत हुने र नियमित उडान पश्चात तम्घासको विकासले  तिव्रगतिमा फड्को मार्ने भएको छ ।  यस कार्यलाई संघिय सरकारका दुवै मन्त्री प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्टको उपहारका रुपमा गुल्मेली जनताले लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी