Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वामीका शाक्य बन्धुहरुको आक्रोषः पैसा तिरको प्रमाण खोई ?

By kit 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/जेठ–११ गुल्मी।  दुई दिन अघि स्थानिय एक जनालाई कुटपिटमा संलग्लन  गुल्मी वामी टक्सारका सुदर्शन शाक्य र उनका भाईहरुले आफुहरुले जरीवाना स्वरुप तिरेको भनिएको रकमको प्रमाण देखाउँ भनेर सञ्चारकर्मी संग चुनौती दिएका छन् ।

गए राती अवेर सम्म शाक्यका भाई सन्तोष शाक्यले फोनमा धम्कीपुर्ण भाषा बोल्दै यस्तो चुनौती दिएका हुन् । मैले एक पैसा नतिरी मिलाएर आएँ , पैसा तिरेको प्रमाण केहि छ ? कहाँ हो तपाई ?  म तम्घास भर्खरै आउनु पर्यो ? जर्किदै सन्तोष शाक्यले भने–‘ म हिडे हैं , अव जे हुन्छ त्यही आएर हुन्छ  । ’

जिल्लामा हुने अन्य ठुल्ठुला घटनामा समेत वाहिर छलफलमा लाखौं रुपैयाँ  लिने–दिने आन्तरिक सहमति हुन्छ  र  जिल्ला प्रहरी कार्यालय भित्र गए पछि लेनदेनको कुरा उल्लेख गर्न मिल्दैन र गरिदैन । तर शाक्यले उक्त मिलपत्रमा नभएको कुरा किन लेखियो ? भनेर धम्काएका थिए ।

कुनै पनि सञ्चारकर्मीको समाचार श्रोत लिखित मात्र हुँदैन । अँध्यारो कोठा भित्र भएका कुराहरुको समेत श्रोत बनाउँ छन र लेख्छन् तर सन्तोष शाक्यले गएराती भर्खरै  त्यो समाचार हटाउँ छस् कि म अहिले नै  त्यहाँ आउँ ? भनेर  पटक पटक धम्काएका थिए ।

यस समाचारदाताले रातको समयमा नकराउनुस् , मेरो पनि निजि जिन्दगी हुन्छ  । भोली विहान के कुरामा चित्त नबुझेको हो त्यो कुरा गरौला  वा मेरो नाममा मुद्धा नै हाल्नुस फेश गर्न तयार छु भने पछि उनले फोन राखेका थिए । ’

तर नेपाली कांग्रेसका नेता समेत रहेका  दाजु सुदर्शन शाक्य भने शिष्ट र शौहार्दपुर्ण रुपमा प्रस्तुत भएका थिए । उनले  केहि महिना अघि आफुहरु कुटपिटमा संलग्न भएको वामी मैदानका वावुराम परियारको घटना समाचारमा दोहराई दिएको प्रति भने दुखेसो पोखेका थिए  ।

उनले भनेका छन्–‘त्यस घटनामा मादक पदार्थ सेवन गरी वावुराम परियारले जिप काउण्टरका कर्मचारीहरु संग अपाच्य शव्द प्रयोग गरेको र त्यस पछि आफुहरु पनि उनलाई कुटपिटमा  संलग्न भएका हौं तर उनलाई औषधी उपचार  र आवत जावत खर्च हामीले तिरेका होईनौ जिप समितिले तिरेको हो ।

मिडियामा आए जस्तो ५० हजार हामीले तिरेको होईन । यस सम्वन्धमा उनै वावुराम परियार संग सम्पर्क राख्दा उनले आफ्नो आवत जावत , खानपिन  सहित करिव ५० हजार खर्च भए पनि २३ हजार मात्रै आफुले पाएको बताए ।

पछिल्लो खगेश्वर सापकोटा कुटपिट घटनामा प्रहरीमा भएको सहमति पत्रको मात्रै समाचार आई दिनु पर्ने शाक्य बन्धुहहरुको गुनासो छ । दाजु शाक्यले यसरी आफ्नो कुरा राखे–‘  नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा हामी दुवै पक्षलाई राखेर आदरिणय पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ ज्युले पहिला हात हाल्नु खगेश्वर जिको गल्ती हो, पछि शाक्य बन्धुहरुले  उहाँलाई कुटपिट गर्नु झन ठुलो गल्ती हो भनेर मिलाउने कोशिस गर्नु भयो ।

खगेश्वर जिका पिता ईश्वरी सापकोटा पनि त्यस छलफलमा हुनुहुन्थ्यो । ईस्वरी वुवालाई मैले नमस्कार गरेर हात जोडेकै हो । खगेश्वरले पनि मलाई तपाई मेरो आदरिणय दाजु हो भनेर हात जोडेकै हो । ईस्वरी वुवाले मैले छोरा पिटिएकोमा क्षति पुर्तिका रुपमा एक पैसा लिन्न भने पछि त्यसो भए पार्टी कार्यालयलाई एउटा प्रोजेक्ट हामीले दिएर मिलौं भन्ने सहमति गर्न खोजियो ।

तर अर्को दिन प्रहरी कार्यालयमा भएको छलफलमा  उपचार र आवत जावत खर्च लिने दिने आन्तरिक सहमति भएपछि प्रोजेक्टरको कुरा हराएको हो ।  शाक्यले थपे–‘ यस्ता घटनाले आफुहरुको प्रतिष्ठामा आँच आयो र कतिपयले वदनाम गराउने प्रयास पनि गरे । अव आयन्दा कदापी यस्ता घटना आफुहरुबाट दोहरिने छैन् ।  अञ्जानवस भएका केहि घटनाले आफुहरुलाई सजग गराएको छ । यति लामो समय सम्म समाज सेवा गरियो ।

पार्टीको जिम्मेवारी  पनि निभाउँदै आएको छु । तर म नगरसभापति भएको छैन  ।  पहिलाको वामीको सभापति र अहिले नगर संयोजक हुँ , सभापति चाँही होईन । खेगेश्वर सापकोटा पनि नगरका सचिव होईनन । ् साविक वडा नम्वर ७ का सचिव हुन् । उनलाई चुनाव पछिको समिक्षा बैठकमा सहभागि ४६ जना क्रियाशिल सदस्यहरुले निष्काशनको सिफारिस गरी जिल्ला पार्टीमा पठाएका छन् ।

समाचारमा उल्लेख  नगरसभापति , उनलाई सचिव भनेर समाचार टिपाउनेहरु प्रति हामी खेद ब्यक्त गर्दछौं र त्यस समाचारमा भएका केहि कुराहरु प्रति हामी र हाम्रो पार्टी नेपाली कांग्रेसले त्यसको खण्डन गर्दछौं। ’

यस सम्वन्धमा नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीको त्यस छलफलमा सहभागि एक नेता  संग सम्पर्क राख्दा खगेश्वरका पित ईश्वरी सापकोटाको नामा पार्टी कार्यालयमा सुदर्शन शाक्यले प्रोजेक्टर किनेर दिने र पार्टीको लेटेर प्याडमा ईस्वरी सापकोटालाई धन्यवाद पत्र पठाउने मौखिक सहमति भएको छ ।

ति नेताले भने–‘ लिखित होईन यस्तो मौखिक सहमति भएको छ , कार्यन्वयन हुन्छ कि हुन्न भन्ने कुरा मात्र हो । ’ मिलापत्र संगै तत्काललाई शाक्य बन्धुहरुले  कांग्रेसका एक नेता मार्फत घाईते सापकोटालाई २५ हजार नगद उपचार खर्च बुझाएका उनले बताए  ।