बैदेशिक रोजगार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन प्रस्तावनाः 

वैदेशिक रोजगार व्यवसायलाई पर्रवर्द्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैदेशिक रोजगार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन प्रस्तावनाः 

वैदेशिक रोजगार व्यवसायलाई पर्रवर्द्ध"/>

2026-09-10 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार ऐन २०६४ मा के छ ?


बैदेशिक रोजगार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन प्रस्तावनाः 

वैदेशिक रोजगार व्यवसायलाई पर्रवर्द्धन गर्दै सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हक हितको संरक्षण गर्नको लागि वैदेशिक रोजगार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ।

परिच्छेद-१ 

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः 

(१) यस ऐनको नाम “वैदेशिक रोजगार ऐन, २०६४” रहेको छ। 

(२) यो ऐन नेपालभर लागू हुनेछ र कसैले नेपालबाहिर बसी यस ऐन विपरीतका कार्य गरेमा निजको हकमा समेत यो ऐन लागू हुनेछ। 

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। 

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- 

(क) “वैदेशिक रोजगार” भन्नाले कामदारले विदेशमा पाउने रोजगार सम्झनु पर्छ। 

(ख) “कामदार” भन्नाले वैदेशिक रोजगार पाउने नेपाली नागरिक सम्झनु पर्छ। 

(ग) “वैदेशिक रोजगार व्यवसाय” भन्नाले नेपाली नागरिकलाई विदेशमा रोजगारी उपलब्ध गराउन सञ्चालन गरेको व्यवसाय सम्झनु पर्छ। 

(घ) “विभाग” भन्नाले वैदेशिक रोजगार विभाग सम्झनु पर्छ। 

(ङ) “संस्था” भन्नाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न प्रचलित कम्पनी ऐन बमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ। 

(च) “इजाजतपत्र” भन्नाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दफा १० बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ। 

(छ) “इजाजतपत्रवाला” भन्नाले दफा १० बमोजिम इजाजतपत्र प्राप्त संस्था सम्झनु पर्छ। 

(ज) “सेवाशुल्क” भन्नाले वैदेशिक रोजगार व्यवसायीले कामदार विदेश पठाए बापत लिने रकम सम्झनु पर्छ। 

(झ) “कार्यकारी निर्देशक” भन्नाले दफा ४१ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ।

(ञ) “रोजगारदाता संस्था” भन्नाले कामदारलाई विदेशमा रोजगारी उपलब्ध गराउने विदेशस्थित संस्था सम्झनु पर्छ।

(ट) “बोर्ड” भन्नाले दफा ३४ बमोजिम गठित वैदेशिक रोजगार पर्रवर्द्धन बोर्ड सम्झनु पर्छ।

(ठ) श्रम सहचारी” भन्नाले दफा ५९ बमोजिम नियुक्त श्रम सहचारी सम्झनु पर्छ र सो शब्दले विदेशस्थित कुटनैतिक नियोगमा नेपाली कामदारको हित पर्रवर्द्धनको जिम्मेवारी तोकिएको अधिकृत कर्मचारी समेतलाई जनाउँछ।

(ड) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अर्न्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

परिच्छेद-२

वैदेशिक रोजगार सम्बन्धी व्यवस्था 

३. वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न मुलुक तोक्नेः

(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने मुलुक तोक्नेछ।

(२) उपदफा (१) बमोजिम तोकिएका मुलुकमध्ये नेपाल सरकारले कुनै मुलुकमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने गरी खास समयको लागि स्थगन गर्न सक्नेछ। 

४. द्विपक्षीय सम्झौता गर्न सक्नेः 

वैदेशिक रोजगारमा नेपाली कामदार गएका वा जान सक्ने सम्भावना भएका विदेशी मुलुकसंग नेपाल सरकारले द्विपक्षीय श्रम सम्झौता गर्न सक्नेछ। 

५. संस्थाको छनौटः 

(१) कुनै विदेशी मुलुक वा रोजगारदाता संस्थाबाट नेपाल सरकारलाई कामदार छनौट गरी पठाउन अनुरोध भई आएमा नेपाल सरकारले खुल्ला प्रतिस्पर्धाका आधारमा इजाजतपत्रवाला संस्था छनौट गरी त्यस्तो संस्था मार्फत कामदार पठाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम छनौट भएको संस्थाबाट विभागले थप नगद धरौटी वा बैङ्क ग्यारेण्टी माग गर्नेछ।

(३) उपदफा (१) बमोजिम संस्था छनौट गर्ने आधार र कार्यविधि तोकिए बमोजिम हुनेछ।

६. सन्धि वा सम्झौता गरी कामदार पठाउन सक्नेः 

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपालसँग कूटनैतिक सम्बन्ध कायम गरेका मुलुकको सरकारसँग सन्धि वा सम्झौता गरी नेपाल सरकारको कुनै कार्यालय, निकाय वा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थामार्फत त्यस्तो मुलुकमा कामदार पठाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम नेपाल सरकारले कामदार पठाउँदा अपनाइने प्रक्रियालाई व्यवस्थित, प्रतिस्पर्धी र पारदर्शी बनाउनको लागि नीति निर्माण तथा आवश्यक अन्य व्यवस्था गर्न देहाय बमोजिमको एक निर्देशक समिति रहनेछ। 

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो