१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा

२९ चैत्र २०८१, शुक्रबार १३:२३

काठमाडौँ | भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको दोस्रो दिन भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ । स्थानीय भक्तजनहरूले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् । नयाँ वर्षको चारदिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धूमधामका साथ मनाउने गर्दछन् ।

जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ ।

यसपछि, चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यो जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास छ । त्यसैले यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग