२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा मलको मुल्यमा कालोवजारी, निर्धारित मुल्यभन्दा दोव्वरमा बिक्री

११ जेष्ठ २०७५, शुक्रबार ११:०७

प्रेम सुनार/जेठ–११ गुल्मी । यति वेला कृषकहरुलाई मकै खेतीका लागि युरिया मल खरिदको चटारो छ । यस चटारोको मौका छोपेर कतिपयले कालोवजारी पनि गरिरहेको सुचना प्राप्त भएको छ । जिल्ला कृषि विकास कार्यालयले यस्तो सुचना दिएको हो ।

जिल्लाको  साविकका ३ नम्वर क्षेत्रका केहि  गाउँहरुमा निर्धारित मुल्यको दोव्वर बढि मुल्यमा कतिपयले मल विक्रि गर्दै आएको सुचना समेत प्राप्त भएको त्यस कार्यालयका पाविधिक सहायक हरिप्रसाद आचार्यले बताए ।

उनले भने –‘ साविकको क्षेत्र नम्वर ३ का कतिपय गाउँमा युरिया मल  प्रति किलो ५० रुपैयाँ सम्ममा विक्रि गर्ने गरको सुनिएको छ , यस प्रति सञ्चार माध्यमले खोजी नीति गर्नु पर्योआचार्यले भने सरकारबाट कृषकहरुलाई अनुदानमा आउने मलको मुल्य निकै सस्तो छ , ढुवानी  खर्च जोडेर मात्र विक्रि गर्नु पर्छ त्यो वाहे कसैले बढि पैसा लिन पाईदैन् । ’

उनका अनुसार अनुदानमा आउने युरिया मल १४ रुपैयाँ प्रति केजी पर्दछ । 

ढुवानीका लागि सम्वन्धित डिलरलाई प्रति क्वीन्टल २५ रुपैयाँ छुट दिने गरेको छ । गुल्मीको सदरमुकाम तम्घास सम्मको ढृवानी जोड्दा २० रुपैयाँ देखि बढिमा २२ रुपैयाँ सम्ममा  खुद्रा विक्रि मुल्य पर्ने वरिष्ठ कृषि विकास अधिकृता चक्रपाणी पन्थी बताउँ छन् ।

तर,सदरमुकाम तम्घासबाट १० किलो मिटर दुरीमा पर्ने हस्तीचौरको हस्तीचौर स्वावलम्वी वचत तथा कृषि सहकारी संस्थाले यति वेला प्रति किलो २० रुपैयाँका दरले युरिया मल विक्रि वितरण गर्ने गरेको त्यसको अध्यक्ष डिल्लीराज पन्थीले बताए ।

सदरमुकाम देखि टाढाको गाउँमा २० रुपैयाँ प्रति किलो विक्रि गरिरहँदा यहि सदरमुकामको अमर कल्याण महिला स्वावल्वन कृषि वहुउद्देश्य  सहकारी संस्थाले भने प्रति किलो २१ रुपैयाँका दरले विक्रि गरिरहेको त्यस संस्थाकी  प्रवन्धक अञ्जु पन्थीले बताईन् ।

बरिष्ठ  कृषि विकास अधिकृत पन्थीले दरमुकाम  देखि धेरै टाढाको गाउँमा ब २६ रुपैयाँ प्रति केजी भन्दा बढि मुल्यमा युरिया मल विक्रि वितरण गरको पाईए  त्यस्तालाई कालोवजारीका रुपमा स्थानिय तहले नै कार्वाही गर्नु पर्ने बताए ।  

उता सदरमुकाम संग जोडिएको गाउँ कुर्घा स्थित मालिका कृषक समुहका अध्यक्ष  हेमराज शर्माले अहिले  प्रति केजी २६ रुपैयाँका दरले आफुहरुले युरिया मल बेच्ने गरेको बताए । यस अघि प्रति केजी २५ का दरले बेच्ने गरेका थियौं , उनले भने –‘ रिडी , रुद्रवेणी सडक निर्माणधिन समस्याका कारण मिर्मितिरबाट घुमाएर ल्याउँदा २६ रुपैयाँ बनाएका हौं । अव २५ रुपैयाँ बनाउनु पर्छ कि भन्ने विषयमा सल्लाह गर्दै छौं ।’ 

 तर  सदरमुकाम देखि वाग्लुङ्गको सिमामा रहेको धेरै टाढाको गाउँ दर्लिङ्गमा भने  जनसरोकार बहुउद्देश्य सहकारी संस्थाले प्रति किलो २५ का दरले युरिया मल बेच्ने गरेको  त्यसका अध्यक्ष भुपालसिंह खत्रीले जानकारी दिए । ईस्मा गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष चुराबहादुर खत्रीले अनुगमन गरिने यदि कतै त्यस्तो कालोवजारी गरेको पाईए कार्वाही गरिने बताए ।

मुसिकोट नगरपालिका कार्य समिति सदस्य एवं वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले आफुहरुले कृषि सहकारी संस्थामा पुगेर सहुलियत दरमा मल वितरणको दर रेट बनाउन आग्राह गरेको बताए ।

अन्य स्थानिय निकायले पनि यस सिजनमा कृषकहरुलाई ठगिनबाट बचाउन  अनुगमनमा चासो देखाउनु पर्ने देखिएको छ । विगतका वर्षहरुमा पनि कतिपय गाउँमा कालोवजारीको सुचना प्राप्त भई सञ्चार माध्यममा आए पछि रोकिएको थियो ।

दर्लिङ्ग जस्तो विकट गाउँमा युरिया मल प्रति किलो २५ , डिएपी मल ५४ रुपैयाँ र पोटास ४४ रुपैया प्रति किलो विक्रि भई रहँदा सदरमुकाम लगायतका नजिकका गाउँहरुमा त्यो भन्दा धेरै कम मुल्यमा विक्रि गरिनु पर्दछ । सदरमुकामको अमर कल्याणमा पोटासको प्रति किलो ३६ र डिएपीको ५१ रुपैयाँका दरले विक्रि भई रहेको प्रवन्धक पन्थी बताईन् ।  सदरमुकाम देखि दुरदराज गाउँमा  २६ रुपैयाँ किलो भन्दा बढि मुल्यमा बेचेको पाईए सुचित गर्न समेत आग्रह गरिएकोछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल