2026-07-25 09:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: छोराको दुवै मृगौला फेल भएपछी…

प्रेम सुनार/जेठ–१५ गुल्मी । आज भन्दा तिन पुस्ता अघि गुल्मीको सदरमुकाम स्थित हालको जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताललाई आफ्नो घरवारी दिने पुर्खाहरुका सन्तती भने यति वेला उपचार गर्ने खर्च अभावमा सवै संग सहयोगको हात फैलाउँदै हिडेका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर २ , तम्घास  बाँझी पोखरीका २१ वर्षिय मनोज बिक दुवै मृगौला फेल भई उपचार खर्च अभावमा सहयोगको हात फैलाउँदै आएका हुन् ।

उनका जिज्यु वाजेहरु साङ्गले बिक र भुपाल सिंह बिकले जिल्ला अस्पताल खोल्न कतै उपयुक्त स्थान नपाए पछि सवैलाई स्वास्थ्य सेवा दिन सकियोस भन्ने पवित्र भावना राखी पुरै घर सम्पत्ती दिएर आफुहरु तत्कालिन सुकुम्वासी र रुखो जमिनमा वास मात्रै लिएर बसेका थिए ।  

उनिहरुबाट जन्मिएका करिव ५० घरधुरी उनका सन्ततीहरु अहिले पनि स–साना झुपडीमा बास मात्रै लिएर बसेका छन् । तरकारी लगाउने जमिन समेत नभएका उनिहरु मध्ये मनोजका परिवारका अबस्था झन नाजुक छ ।

उनका पिता राधे बिकको आज भन्दा १९ वर्ष अघि रेसुङ्गा महादेव पोखरीमा नहाउने क्रममा ढुवेर मृत्यु भएको थियो । दुई छोरा र छोहरुलाई दाउँरा बोकेर, गिटी कुटेर हुकाउँदै आएकी उनकी आमा मैयाँ बिकले जेठा मनोजलाई करिव २ लाख रुपैयाँ ऋण काढेर विदेश पठाएकी थिईन ।

तर विडम्वना जहाँ होँचो उहि घोंचो भने झैं मनोज दुवै मृगौला फेल भई गएको दश महिनामा थप ऋणको भारी बोकेर फर्किएका थिए । वुटवलको सामुदायिक मुटु अस्पतालमा निशुल्क डाईलासिस गराई रहेका   उनलाई उनका जेठा बुवाका छोरा मिठु बिकले आफ्नो मृगौला झिकेर दिन चाहे पनि प्रत्यारोपण गर्न  १५ लाख भन्दा बढि खर्च लाग्ने भए पछि सवै संग सहयोग माग्दै उनिहरु एनका आफन्तजन हिडेका हुन् ।

उनि विरामी परेपछि एकातिर दैनिक छाक अड्केको छ । अर्कोतिर विदेश गएको ऋणले साहुले वास उठाउने हुन कि भन्ने चिन्ता छ भने उता छोरा जिवन मृत्युको दोसाँधमा रहेकोको चिन्ता छ उनकी आमाले गहभरी आँशु पार्दै भनिन –‘मेरो छोरा बाचाई दिए मेरो आत्माले सवैलाई आशिष दिने थियो, लौन हजुर जति सक्नु हुन्छ त्यति सहयोग गरेर मेरो छोरा बाचर्य दिनुस् । ’

उनको जिवन रक्षार्थ सहयोग संकलनको संयोजन गरिहेका छन  त्यस वडाका  वडाध्यक्ष उदय थापाले । उनलाई साथ दिई रहेका छन वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामी र वडा नम्वर २ का वडा सदस्य शेरबहादुर बिकले ।

त्यस्तै उनका मामा देवबहादुर बिक , टुनिखोलाका यमबहादुर बिक, लगायतले सहयोग अभियान छेडेका छन् । सहयोग गर्न चाहनेहरुले उनिहरुको मोवाईल नम्वर ९८६७०६४२१६ । ९८६७४२३७३३ । ९८४७३१०६८०  र ९८५७०६१९३२६ मा सम्पर्क राख्न सकिने छ ।

स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका कर्मचारी र पुराना समाज सेवीहरुले चन्द्रकोटे भने चिनिने उनीहरुका पुर्खा र यी सन्ततीहरुले अस्पताल स्थापनाका लागि दिएको  योगदान  शव्दले सम्मान गरेर पुग्ने बताउँ छन् । स्वास्थ्य क्षेत्र मै त्यति ठुलो त्याग र योगदान पुराउने त्यस परिवारलाई यहाँको हर व्यक्तिले सहयोगी मन फुकाउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक