2026-10-28 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्राविधिकहरुलाई २० प्रतिशत कमिशन कहिलेसम्म ?

प्रेम सुनार/जेठ–२१ गुल्मी। स्थानिय तहको निर्वाचन अघि सम्म  विकास निर्माणमा  वैद्यानिक जस्तो गरी माग्ने गरिएको २० प्रतिशत  प्राविधिक खर्च अहिले सम्म माग्ने गरेको खुलासा भएको छ । प्राविधिकहरुको परम्परागत खेतीका रुपमा लिईए २० प्रतिशत  कमिशन दिने न आफै वोल्छ न लिनै नै । 

जसको कुनै प्रमाण हुँदैन । चेक सोही रकम वरावरको हुन्छ ।

आपसी  मिलोमोतोमा उक्त कमिशन लेनदेन हुने गरेको कुरा सामन्य जस्तै मानिने गरिएको  छ । गुल् मी दरवार गाउँपालिका  वडा नम्वर ३ स्थित  निदुर कारपाटा कैनापानी मोटरबाटो निर्माणका लागि गत वर्ष १ लाख रुपैयाँ परेको थियो ।  काम भए नभएको कुरा हेर्ने त्यहाँ  कुनै प्राविधिक पुगेनन , गुल्मी नागरिक समाजबाट सो गाउँपालिकामा ज्ञपन पत्र बुझाउन पुगेका टोली मध्येका एक शेरबहादुर सर्तुङ्गले भने टाढैबाट फोटो खिचेर प्रँविधिकीले ८० हजार सम्मको खन्नु बाँकी २० हजार प्राविधिक खर्च राख्नु भनेर भन्नुले हामी गम्भीर भएका छौं ।

यस सम्वन्धमा त्यस मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष मानबहादुर पाण्डे संग सम्पर्क राख्दा प्राविभिकहरुको एक सुत्रले ८० हजारको भन्दा बढि काम नगर्न,  २० प्रतिशन्त प्राविधिक खर्च लाग्छ भनेर मागेको बताए । ‘नाम त अहिले भन्न सक्दिँन  तर केहि मानिसहरु मार्फत ८० हजार मात्रै खर्च गर्नु भनेर भनिएको थियो’–अध्यक्ष पाण्डेले भने–‘मैले किन दिने नि भनेर  पुरै एक लाखको काम गरेको हुँ  ।  २० प्रतिशत माग्न चाँही मागेका हुन ’

उनको यस भनाईबाट प्राविधिकहरुले २० प्रतिशत कमिशन अझै माग्दै छन भन्ने कुरा खुलेको हो । उक्त २० प्रतिशत नदिए प्राविधिकहरुले रकम फच्र्यौटमा ढिला सुस्ती गर्ने, काम मापदण्ड अनुसारको भएको छैन भन्दै हलो अड्काउने गरेको गुनासो अधिकासं उपभोक्ता समितिका पदाधिकारीहरुले गर्दै आएका छन् ।

५० हजारको सानो योजनामा समेत ६ पटक सम्म प्राविधिक  कार्यालय धाउन र विभिन्न वखेडा झिकेर दुख दिने गरेको  गुल्मी दरवार गाउँपालिका वडा नम्वर २ जुभुङ्गका सुर्य थापा र वेगबहादुर गाहले बताए ।

सर्वसाधरणलाई थाह नहुने र  प्राविधिक र उपभोक्ता समितिका  पदाधिकारी विच हुने कमिशनको मिलोमोतो सानो योजनकोमा मात्रै यसरी कुरो खुल्ने तर अलि ठुला योजनाको गुपचुप नै हुने गरेको छ । यस २० प्रतिशत कमिशनको भाग विलो प्राविधिक हुँदै अलि माथी सम्म पुग्ने गरेको श्रोतले बताएको छ ।

गत एक वर्षको दौरानमा सार्वजानिक सुनुवाई र नेतृत्व विकास लगायतका कार्यक्रममा आ–आफ्ना कार्यकर्ता पोस्ने काम समेत नगर र गाउँपालिकाबाट हुने गरेको गुनासो समेत आएको छ । दुई घण्टाको कार्यक्रममा ७० हजार रुपैयाँ सम्म त्यस्ता कार्यकर्ताले कुम्लाउने गरेको खुलासा भएको छ ।

प्प्रविधिकहरुले कमिशन मागेको सम्वन्धमा आफुहरुको गहिरो ध्यानकृष्ट भएको गुल्मी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले बताए । त्यस गाउँपालिका ईन्जिनियर विक्रम वस्नेत संग सम्पर्क राख्दा उनले आफु भर्खर मात्र जिम्मेवारी सम्हाल्न आएकोले केहि थाह नभएको प्रतिकृया दिए ।

ठाडै कमिशन माग्नेहरुमा जिल्लामा पहिलै देखि बानी परेका र पारिएकाहरु रहेको बताईएको छ । प्राविधिकहरुको  यो परम्परागत खेती हटाउनमा अहिलेका जनप्रतिनिधीहरुले पनि चासो नदिने गरेको गुनासो सर्वसाधरणले गरेका छन् ।

अन्य विभिन्न रकम भुक्तानीमा समेत लेखापालबाट केहि प्रतिशत कमिशनको र्याल कडाई हुने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला