२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्राविधिकहरुलाई २० प्रतिशत कमिशन कहिलेसम्म ?

२०७५, २१ जेष्ठ सोमबार ०५:४७

प्रेम सुनार/जेठ–२१ गुल्मी। स्थानिय तहको निर्वाचन अघि सम्म  विकास निर्माणमा  वैद्यानिक जस्तो गरी माग्ने गरिएको २० प्रतिशत  प्राविधिक खर्च अहिले सम्म माग्ने गरेको खुलासा भएको छ । प्राविधिकहरुको परम्परागत खेतीका रुपमा लिईए २० प्रतिशत  कमिशन दिने न आफै वोल्छ न लिनै नै । 

जसको कुनै प्रमाण हुँदैन । चेक सोही रकम वरावरको हुन्छ ।

आपसी  मिलोमोतोमा उक्त कमिशन लेनदेन हुने गरेको कुरा सामन्य जस्तै मानिने गरिएको  छ । गुल् मी दरवार गाउँपालिका  वडा नम्वर ३ स्थित  निदुर कारपाटा कैनापानी मोटरबाटो निर्माणका लागि गत वर्ष १ लाख रुपैयाँ परेको थियो ।  काम भए नभएको कुरा हेर्ने त्यहाँ  कुनै प्राविधिक पुगेनन , गुल्मी नागरिक समाजबाट सो गाउँपालिकामा ज्ञपन पत्र बुझाउन पुगेका टोली मध्येका एक शेरबहादुर सर्तुङ्गले भने टाढैबाट फोटो खिचेर प्रँविधिकीले ८० हजार सम्मको खन्नु बाँकी २० हजार प्राविधिक खर्च राख्नु भनेर भन्नुले हामी गम्भीर भएका छौं ।

यस सम्वन्धमा त्यस मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष मानबहादुर पाण्डे संग सम्पर्क राख्दा प्राविभिकहरुको एक सुत्रले ८० हजारको भन्दा बढि काम नगर्न,  २० प्रतिशन्त प्राविधिक खर्च लाग्छ भनेर मागेको बताए । ‘नाम त अहिले भन्न सक्दिँन  तर केहि मानिसहरु मार्फत ८० हजार मात्रै खर्च गर्नु भनेर भनिएको थियो’–अध्यक्ष पाण्डेले भने–‘मैले किन दिने नि भनेर  पुरै एक लाखको काम गरेको हुँ  ।  २० प्रतिशत माग्न चाँही मागेका हुन ’

उनको यस भनाईबाट प्राविधिकहरुले २० प्रतिशत कमिशन अझै माग्दै छन भन्ने कुरा खुलेको हो । उक्त २० प्रतिशत नदिए प्राविधिकहरुले रकम फच्र्यौटमा ढिला सुस्ती गर्ने, काम मापदण्ड अनुसारको भएको छैन भन्दै हलो अड्काउने गरेको गुनासो अधिकासं उपभोक्ता समितिका पदाधिकारीहरुले गर्दै आएका छन् ।

५० हजारको सानो योजनामा समेत ६ पटक सम्म प्राविधिक  कार्यालय धाउन र विभिन्न वखेडा झिकेर दुख दिने गरेको  गुल्मी दरवार गाउँपालिका वडा नम्वर २ जुभुङ्गका सुर्य थापा र वेगबहादुर गाहले बताए ।

सर्वसाधरणलाई थाह नहुने र  प्राविधिक र उपभोक्ता समितिका  पदाधिकारी विच हुने कमिशनको मिलोमोतो सानो योजनकोमा मात्रै यसरी कुरो खुल्ने तर अलि ठुला योजनाको गुपचुप नै हुने गरेको छ । यस २० प्रतिशत कमिशनको भाग विलो प्राविधिक हुँदै अलि माथी सम्म पुग्ने गरेको श्रोतले बताएको छ ।

गत एक वर्षको दौरानमा सार्वजानिक सुनुवाई र नेतृत्व विकास लगायतका कार्यक्रममा आ–आफ्ना कार्यकर्ता पोस्ने काम समेत नगर र गाउँपालिकाबाट हुने गरेको गुनासो समेत आएको छ । दुई घण्टाको कार्यक्रममा ७० हजार रुपैयाँ सम्म त्यस्ता कार्यकर्ताले कुम्लाउने गरेको खुलासा भएको छ ।

प्प्रविधिकहरुले कमिशन मागेको सम्वन्धमा आफुहरुको गहिरो ध्यानकृष्ट भएको गुल्मी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले बताए । त्यस गाउँपालिका ईन्जिनियर विक्रम वस्नेत संग सम्पर्क राख्दा उनले आफु भर्खर मात्र जिम्मेवारी सम्हाल्न आएकोले केहि थाह नभएको प्रतिकृया दिए ।

ठाडै कमिशन माग्नेहरुमा जिल्लामा पहिलै देखि बानी परेका र पारिएकाहरु रहेको बताईएको छ । प्राविधिकहरुको  यो परम्परागत खेती हटाउनमा अहिलेका जनप्रतिनिधीहरुले पनि चासो नदिने गरेको गुनासो सर्वसाधरणले गरेका छन् ।

अन्य विभिन्न रकम भुक्तानीमा समेत लेखापालबाट केहि प्रतिशत कमिशनको र्याल कडाई हुने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा