2026-10-28 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी दरवारको गुनासोः हाम्रो रामो कुरो आएन

प्रेम सुनार/जेठ–२३, गुल्मी। गुल्मी  दरवार गाउँपालिकाले आफ्नो नराम्रो कुरा मात्र सञ्चार माध्यममा आएको तर आफुहरुले गरेका  राम्र्रा कामहरु आउन नसकेको गुनासो गरेको छ ।

दुई दिन अघि विभिन्न सञ्चार माध्यममा  त्यस गाउँपालिकाले वडाध्यक्षहरुलार्ई मोवाईल फोन देखि मोटर साईकल सम्मको सुविधा दिएको , ईन्धन र बैठक भत्ता अन्यत्र भन्दा बढि खर्र्र्च भएको लगायतको समाचार सार्वजानिक भए लगत्तै उसले प्रेस विज्ञप्ती मार्फत यस्तो गुनासो गरेको हो ।

 गाउँपालिका अध्यक्ष अशोककुमार थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्नन सञ्चार माध्यममा त्यस गाउँपालिका विरुद्ध आएका नकरात्मक टिका टिप्पणी प्रति गम्भीर ध्यानकृष्ट भएको जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘ स्थानिय तहमा योजनाहरु छनौट, अनुगमनन, मुल्याङकन लगायत आम गाउँपालिका वासीहरुलाई वडा कार्यालय मार्र्फत कार्र्य वोझलाई ध्यानमा राखी मोटर साईकल र मोवाईल फोन उपलव्ध गराईएको हो । गाउँँपालिकाको निर्णय अनुसार गरिएको उक्त कार्य जनतालाई सेवा प्र्रदान गर्न सहज होस भन्ने हाम्र्रो पवित्र उद्देश्य हो ।

फिल्डमा खटिएका कर्मचारीबाट उपभोक्ता समिति मार्फत कमिशन मागिएको  भन्ने कुरा सोधपुछ गर्दा सत्य नपाईएको दावी गर्दै सो गाउँपालिकाले भनेको छ त्यस सम्वन्धमा थप छानविन गरिने छ ।

उसले दावी गरेका राम्रा कामहरु

विज्ञप्तीमा भनिएको छ –‘भर्खर स्थापना भएको गाउँपालिकामा सिमित श्रोत साधनका वावजुद पनि विभिन्न ऐन, कानुन  र कार्यविधि निर्माण गरी शिक्षा स्वास्थ्य लगायत सार्वजानिकसेवाहरुलाई व्यवस्थित र समुन्नत बनाउन हामी क्रियाशिल छौं । पुवृधार विकास र सामाजिक  विकासमा विनियोजित रकम  अधिकांश कार्यहरु सम्पन्न  गरी भुक्तानी भई सकेको छ ।

विद्यालय गाभ्ने, प्रधानध्यापक र शिक्षकहरुलाई उत्तरदायी बनाउन कानुनन निर्माण र कार्यन्वयन गरिएको छ । तालिम बैठक एवं यस्तै कार्यमा हुने खर्चलाई ब्यवस्ति गनेृ खर्चलाई ब्यवस्थित गर्न कार्यविधी निर्माण गरी कार्यन्वन गरिएको छ ।

स्वास्थय सेवा तर्फ जेष्ठ नागरिक स्वास्थ्य शिविर , सात वडामा गर्भवती सुत्केरी तथा वालवालिकालाई पोषण प्याकेज वितरण सम्वन्धिी नमु्ना योग्य कार्यहरु गरिएको छ ।

कृषि, पशु  तथा महिला वालवालिका तर्फ पनि तालिम सशक्तिकरण  र सिपमुलक कार्यहरु सम्पन्न भएको छ । सुचना अधिकारी, नागरिक वडापत्र वेभसाईड मार्फत सु्चना प्रवाह गर्न सवै वडा र गाउँपालिकामा ईन्टरनेटको ब्यवस्था गरिएको छ ।

एकिकृत सम्पत्ति कर कार्यन्न्वयन गर्न तालिम र तथ्याङक संकलन कार्य भई रहेको छ । सार्वजनिक सुनुवाई गरी गाउँँँपालिकाका गतिविधी आय–व्याय विवरणा सार्वजानिक गरिएको छ ।

यस  गाउँपालिकालाई समृद्ध बनाउने र सेवाा प्रवाहलाई सर्वसाधरणा सम्म सेवा प्रवाहको सहज पहुँच बनाउने हाम्र्रो उद्देश्यलाई सफल पार्न हामी सवै राजनैतिक दल, नागरिक समाज , पत्रकार र आम जनताबाट सहयोगको अपेक्षा गरेका छौं । ’

प्र्रमुख प्रशासकिय अधिकृत रामप्र्रसाद शर्माले पनि केहि सञ्चार माध्यममा आएका केहि कुराहरु सत्य भएको तर केहि कुराहरु निराधार आरोप मात्रै भएको गुनासो गर्दै राम्र्राहरु पनि आई दिनु पर्ने आग्रह गरेका छन् ।

किन आयो त नकरात्मक पक्ष मात्रै ?

तत्कालिन नेकपा एमाले माओवादीको एकता पछि त्यस गाउँपालिकाले माओवादी केन्द्र्रका कार्यकर्ताहरुलाई विभिन्न तालिम लगायतका कार्यक्रममा सहभागी गराउन छाडेको ।

नेपाल कम्युनिष्ट पार्टीको हैसियतले तत्कालिन एमाले कार्यकर्तालाई मात्र प्रतिनिधीत्व गराएको लगायतका विषयमा त्यहाँका तत्काललिन माओवादी नेताा कार्यकर्ताहरु असन्तुष्ट भई नागरिक समाजका नाममा त्यस गाउँपालिकामा भएका नकरात्मक कार्र्याहरुको विष्फोट गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

उनिहरुले लगायको आरोप मध्ये तिन दिन तालिम गराउँदा एकै ब्यक्तिले १७ हजार भत्ता लगेको भन्ने कुरा निराधार सावित भएको छ । अन्य असन्तुष्टी र सुझावलाई गाउँँपालिका प्र्रमुख थापाले सकारात्मक रुपमा लिएर सुधार गरिने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला