२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीको सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

२३ जेष्ठ २०७५, बुधबार ०८:२३

जेठ २३, रुपन्देही | सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ । 

सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ । 

सैनामैना नगरपालिकाले पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि नगरपालिका–१ स्थित सिरानटोलमा सैनामैना पुरातात्विक संग्रहालय समेत निर्माण गरेर बुद्धकालीन मूर्तिको संरक्षण गर्दै आएको हो । 

उक्त नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बुद्धकालीन सभ्यताको संरक्षणका लागि वृहत गुरुयोजना बनाएर काम गर्न खोजिएको जानकारी दिँदै उत्खनन नभएका कतिपय क्षेत्रमा उत्खननको तयारी भएको बताउनुभयो । 

उहाँले केही चिनियाँ यात्रीले लेखेको किताबको आधारमा खड्गशम्शेरले उसै बखत उक्त क्षेत्रमा बुद्धकालीन सभ्यताबारे चासो देखाएको उल्लेख गर्दै अहिले उत्खननका लागि संघीय सरकार र संग्रहालय निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग भएको बताउनुभयो । खड्गशम्शेर पाल्पाबाट सैनामैना आएको बताइएको छ । 

नगरप्रमुख कार्कीले त्यसका लागि कम्तीमा रु ५० करोड आवश्यक भएको जानकारी दिँदै त्यस क्षेत्रको संरक्षण र संबद्र्धन गर्न स्थानीय समाजसेवी झपेन्द्र जिसीको संयोजकत्वमा ‘सैनामैनाको ऐतिहासिक महत्व र लोकसंस्कृति संरक्षण समिति’ गठन गरिएको छ भन्नुभयो । 

सो समितिले बढीमा एक महिनामा प्रतिवेदन तयार गर्ने छ । समितिमा संस्कृतिविद् तथा प्राध्यापक डा गितु गिरी, रामप्रसाद भट्टराईलगायत हुनुहुन्छ । 

प्राध्यापक डा गिरीले लुम्बिनी विकास कोष ऐन– २०४२ ले लुिम्बनी र खास केही ठाउँ बाहेक अन्य ठाउँमा बुद्धकालीन सभ्यता छ वा छैन भन्ने विषयमा नबोलेकाले सैनामैनालाई बेवास्ता गरिएको बताउनुभयो । 

“त्यो क्षेत्र प्रकृति र संस्कृतिको संगमस्थल हो ।” उहाँले भन्नुभयो, “सैनामैनामा बुद्धकालीन अवस्थाको पहिचान गरी पर्यटको आर्कषण बढाउन सकियो भने लुम्बिनी आउने सबै पर्यटकलाई सैनामैनामा भित्र्याउन सकिन्छ ” । 

प्राध्यापक डा गिरीले बुद्धकालीन अवस्थाको चित्रणले यसको भिन्दै विशेषता ओगटे पनि यहाँ क्षेत्रमा सुकुम्वासीको अतिक्रमणले पनि समस्या देखिएको छ भन्नुभयो ।(रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य