2026-09-01 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ग्याँस उत्पादन गर्ने लक्ष्य सहित छत्रकोटमा सरसफाई अभियान

प्रेम सुनार | जेठ २४, गुल्मी | विश्व वातवरण दिवसको सप्ताह व्यापी सरसफाई अभियानका क्रममा गुल्मीको छत्रकोट गाउँपालिकाले निकट भविश्यमा गाउँमै खान पकाउने ग्याँस उत्पादन गर्ने लक्ष्य सहित सरसफाई अभियान सुरु गरेको छ ।

अभियानको भव्य समारोहका विच गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले उद्घाटन गरेका हुन् । समारोहमा अभियान्तहरुलाई सम्वोधन गर्दै पन्तले भने–‘ अव गाउँमा दुर्घन्ध दिने र विमार फैलाउने फोहरलाई  हामीले संकलन गरेर फैसा कमाउँदै छौ, विज्ञहरुबाट सुझाव लिएर सरसफाई महाअभियान सुरु गरेको हौं , अव फुटेका सिसीबाट समेत तपाईहरुले पैसा कमाउँदै हुनुहुन्छ । सड्ने गल्ने फोहर संकलन गरेर ग्याँस उत्पादन गर्ने लक्ष्य लिईएको छ यसमा  सवै गाउँपालिकावासीले साथ दिनु होला ।’

उनका अनुसार त्यस अभियनको मुख्य उद्देश्य छत्रकोटलाई सफा स्वच्छ बनाई स्वास्थ्य र सुखी छत्रकोटवासी वनाउनु रहेको छ । छत्रकोटलाई तिन सरसफाई क्षेत्र बनाईएको छ । विश्व वातवरण दिवसको अवसर पारेर  सरसफाई अभियान प्रारम्भ भई सकेको छ ।

तिन प्रकारको फोहरहरुलाई अलग अलग डस्मीनमा राखिने छ । वजार क्षेत्रमा तिन वटा डम्पीङ्ग साईड निर्माण गरिने छ । यस अभियानका अभियान्तहरु  व्वजार ब्यवस्थापन समिति, आमा समुह , युवा क्लव , विभिन्न संघ संस्था, शैक्षिक संस्था, सुरक्षा निकाय र आम जनसमुदाय रहने छन् ।

यातायातका साधानहरुले शन्देश दिने कार्यमा सघाउने छन । जसमा महत्वपुर्ण भुमिका सञ्चारकर्मीहरुको रहेन छ । बुधवारका दिन आम छत्रकोटवासीले आ–आफ्नो घर टोल सधै सफा राख्ने प्रतिवद्धता जनाएका छन् । नियमित सरसफाई अभियानको परिणामवारे अनुगमन भई रहने छ ।

मुल समिति अध्यक्ष धातानन्द भुसालका अनुसार छिमेकी गाउँपालिका गुल्मीदरवारको सिमा भेडुवाको श्रीनगर देखि रुरुको सिमा धरमपोखरा सम्मलाई मुल समिति मानिने छ । त्यहाँ देखि धरम पोखरा सम्म र्याली निकालेर सन्देश प्रवाह गरिएको छ ।  अभियानको गाउँपालिका प्रमुख पन्तले उद्घाटन गरेका थिए । 

र्याली पछि श्रृङ्गामा कोण सभा आयोजना गरी गाउँपालिकावासीलाई उनले सपथ खुवाएका थिए ।  गाउँपलिका उपप्रमुख नर्मदा भण्डारीले  हरेक ब्यक्ति परिवार र टोलले यसलाई साझा अभियान ठानेर कुनै पनि प्रकारको फोहर जथाभावी नफाल्न आग्रह गरिन । प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले यस आर्थिक वर्षमा कुल ४ लाख ८६ हजार  सरसफाई अभियानका लागि रकम छुट्टाईएको बताए । त्यस मध्ये ५० हजार समुदायको र वाँकी गाउँपालिकाको रहेको छ ।

उनले हरेक महिनाको मशान्तमा वजार ब्यवस्थापन समिति, गाउँ टोल मिलेर घर आँगन सरसफाईमा जुट्ने जानकारी दिए । त्यस्तै सरकारी कार्यालय, शैक्षिक र अन्य संघ संस्थामा हरेक महिनाको अन्तिम सुक्रवारको कार्यालय समय पछि सरसफाईमा जुट्ने विधी बनाईएको उनले बताए । 

वडा कार्यालय हुँदै सिङ्गो गाउँपालिकालाई पुर्ण सफा वनाईने लक्ष्यलाई सवै गाउँपालिकावासीले साथ दिने कुरामा आफु विश्वास्त रहेको उनको भनाई थियो । सरसफाई र स्वास्थ्य क्षेत्रमा साविकको पल्लीकोट गाविसका  स्वास्थ्य चौकी प्रमुख तथा हाल छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाका सिअहेव श्यामसुन्दर पोखरेलले उद्घाटन सत्रको  सहजीकरण गरिएका थिए । कार्यक्रममा  सवै वडाध्यक्ष सहितका जनप्रतिनिधी सहित जिल्ला समन्व्य समिति सदस्य गंगा पन्थको पनि विशेष आतित्यथा थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली