2026-09-19 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भिजन आईडल सुरु,चार जिल्लाका १२ स्थानमा अडिसन हुने

जेठ २६, ओखलढुंगा | ओखलढुंगामा भिजन आईडलको दोस्रो संस्करण सुरु भएको छ । स्थानीय स्तरका युवाहरुमा लुकेर रहेको प्रतिभाको विकास गर्ने उद्धेश्यले गतवर्षबाट थालिएको भिजन आईडलको दोस्रो संस्करण शनिवारबाट सुरु भएको हो । 

आईडललाई हरेक वर्ष निरञ्तरता दिने योजना अनुसार यसवर्ष सिजन २ सुरु गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । ‘साहित्य र कलाको उर्भरभूमि ओखलढुंगालाई कला र गलाका माध्यमबाट थप विकास गर्ने उद्धेश्यले यो अभियान थालेका हौं’ अध्यक्ष न्यौपानेले भने ‘नेपालको पहिलो गायिका मेलवा देवी देखि राष्ट्रिय गानका रचियता व्याकुल माईलाले चिनाएको ओखलढुंगालाई पछिल्लो पुस्ताले पनि कला मार्फत चिनाउने अवसर मिल्नेछ भन्ने हाम्रो लक्ष्य हो ।’ सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपाल र भिजन नेपाल साप्ताहिक पत्रिकाको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष भिजन आईडल हुने गरेको छ । 

चार जिल्लाका १२ स्थानमा अडिसन हुने 

यसवर्ष भिजन आईडलको अडिसन चार जिल्लाको १२ स्थानमा हुने भएको छ । ओखलढुंगा, सिन्धुली, उदयपुर र खोटाङका विभिन्न स्थानमा पुगेर अडिसन सञ्चालन गरिने भिजन नेपालका उपाध्यक्ष रविन श्रेष्ठले बताए । स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन हुने उनको भनाई छ ।

शनिवार सिद्धिचरण नगरपालिका ओखलढुंगामा भएको पहिलो अडिसनबाट अर्को चरणका लागि ८ जना छनौट भएका छन् । आयोजकका अनुसार जेठ २८ गते सुनकोशी गाउपालिकाको मुलखर्क, जेठ ३१ गते मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजार, असार १ गते फिकल गाउपालिकाको खाङ्गसाङ्ग सिन्धुली, असार २ गते कटारी नगरपालिका १४ घुर्मी बजार उदयपुर, असार ४ गते दित्तेल बजार खोटाङ, असार ५ गते हलेसी बजार खोटाङ, असार ६ गते लिम्चुङबुङ गाउँपालिका उदयपुर, असार ८ गते चिशंखुगडी गाउँपालिका सेर्ना र असार १० गते मोलुङ्गगाउपालिका प्राप्चामा आइडलको अडिसन सञ्चालन हुनेछ । 

पहिलोे चरणको अडिसनबाट छनौट भएका लाई मात्र दोश्रो चरणको प्रतिस्पर्धामा सहभागी गराईने भिजन नेपालका सचिव एसबी जेरोले बताए । उनका अनुसार पहिलो चरणको अडिसनबाट छनौट भएकाहरुले ओखलढुंगा सदरमुकाममा हुने अर्को चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् । भने उनिहरु मध्येबाट उत्कृष्ट १० छनौट गरिने छ । अडिसनको फाईनल साउन २ गते हुनेछ । 

अडिसनमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले  मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरि गित रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।

भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई