२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भिजन आईडल सुरु,चार जिल्लाका १२ स्थानमा अडिसन हुने

२६ जेष्ठ २०७५, शनिबार १६:२९

जेठ २६, ओखलढुंगा | ओखलढुंगामा भिजन आईडलको दोस्रो संस्करण सुरु भएको छ । स्थानीय स्तरका युवाहरुमा लुकेर रहेको प्रतिभाको विकास गर्ने उद्धेश्यले गतवर्षबाट थालिएको भिजन आईडलको दोस्रो संस्करण शनिवारबाट सुरु भएको हो । 


आईडललाई हरेक वर्ष निरञ्तरता दिने योजना अनुसार यसवर्ष सिजन २ सुरु गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । ‘साहित्य र कलाको उर्भरभूमि ओखलढुंगालाई कला र गलाका माध्यमबाट थप विकास गर्ने उद्धेश्यले यो अभियान थालेका हौं’ अध्यक्ष न्यौपानेले भने ‘नेपालको पहिलो गायिका मेलवा देवी देखि राष्ट्रिय गानका रचियता व्याकुल माईलाले चिनाएको ओखलढुंगालाई पछिल्लो पुस्ताले पनि कला मार्फत चिनाउने अवसर मिल्नेछ भन्ने हाम्रो लक्ष्य हो ।’ सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपाल र भिजन नेपाल साप्ताहिक पत्रिकाको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष भिजन आईडल हुने गरेको छ । 

चार जिल्लाका १२ स्थानमा अडिसन हुने 

यसवर्ष भिजन आईडलको अडिसन चार जिल्लाको १२ स्थानमा हुने भएको छ । ओखलढुंगा, सिन्धुली, उदयपुर र खोटाङका विभिन्न स्थानमा पुगेर अडिसन सञ्चालन गरिने भिजन नेपालका उपाध्यक्ष रविन श्रेष्ठले बताए । स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन हुने उनको भनाई छ ।

शनिवार सिद्धिचरण नगरपालिका ओखलढुंगामा भएको पहिलो अडिसनबाट अर्को चरणका लागि ८ जना छनौट भएका छन् । आयोजकका अनुसार जेठ २८ गते सुनकोशी गाउपालिकाको मुलखर्क, जेठ ३१ गते मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजार, असार १ गते फिकल गाउपालिकाको खाङ्गसाङ्ग सिन्धुली, असार २ गते कटारी नगरपालिका १४ घुर्मी बजार उदयपुर, असार ४ गते दित्तेल बजार खोटाङ, असार ५ गते हलेसी बजार खोटाङ, असार ६ गते लिम्चुङबुङ गाउँपालिका उदयपुर, असार ८ गते चिशंखुगडी गाउँपालिका सेर्ना र असार १० गते मोलुङ्गगाउपालिका प्राप्चामा आइडलको अडिसन सञ्चालन हुनेछ । 

पहिलोे चरणको अडिसनबाट छनौट भएका लाई मात्र दोश्रो चरणको प्रतिस्पर्धामा सहभागी गराईने भिजन नेपालका सचिव एसबी जेरोले बताए । उनका अनुसार पहिलो चरणको अडिसनबाट छनौट भएकाहरुले ओखलढुंगा सदरमुकाममा हुने अर्को चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् । भने उनिहरु मध्येबाट उत्कृष्ट १० छनौट गरिने छ । अडिसनको फाईनल साउन २ गते हुनेछ । 

अडिसनमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले  मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरि गित रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।

भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य