2026-09-01 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

१४ सन्तानकी आमा भन्छिन– ‘ उमेर ४० नटेक्दै हजुर आमा पनि भएँ’

प्रेम सुनार | जेठ २७, गुल्मी | अलि पुरानो पिडले २३ सन्तान सम्म जन्माएको कुरा गुल्मीको दिव्रुङ्गमा सुन्न देख्न पाईन्छ तर अहिलेको पिढले बढिमा ८ सन्तान भन्दा बढि जन्माएको पं्राय सुनिएको थिएन । तर गाउँमा बुझ्दै जाँदा ४० वर्ष उमेर नपुग्दै गुल्मीको हुँगा गाउँकी एक महिलाले १४ वटा सन्तान जन्माएको सुन्नु परेको छ । 

 छत्रकोट गाउँपालिका साविकको हुँगा गाविस वडा नम्वर ६ की रिता नेपालीले १४ सन्तानको जन्म दिएकी हुन । अहिले उनको उमेर ४० वर्ष भयो ।  उनका जेठा छोराको उमेर १८ वर्षको भयो भने सवै भन्दा कान्छी सन्तानको उमेर  ७ वर्ष भयो ।  १४ वर्षको उमेरमा हुँगाका पदम नेपाली संग विवाह गरेकी उनले १५ वर्षको उमेर देखि सन्तान जन्माउन थालेको बताउँ छिन् । १५ देखि ३३ वर्षको उमेर भित्रमा १४ सन्तान जन्माएकी उनि निरोगी छन् । 

श्रीमान पदम नेपाली अपाङ्ग छन् । सम्पत्तीको नाममा त्यही एउटा बास मात्रै हो ।  लौराको साहरामा हिड्ने उनका श्रीमानले ठुलो काम गरेर परिवार पाल्न सक्दैनन् ।  छोरी नभएर छोराका लागि वा  छोरा भएर छोरीका लागि उनले त्यति धेरै सन्तान जन्माएकी होईनन । सुरुवाती तौर मै छोरा पछि छोरी जन्मीएकै थिईन ।

मात्र उनलाई धेरै सन्तान हुँदा के असर पर्छ भन्ने चेतनाको कमी र गर्भनिरोधक औषधी साधनबारे चेतनाको कमी भएर धेरै सन्तान जन्माएको पाईएको छ ।  उनका १४ सन्तान मध्ये ७ जनको मृत्यु भयो । ७ जना सकुशल रहेका छन् । ७ वर्षिया कान्छि छोरीले कक्षा तिनमा पढ्छिन् । जेठा छोरा र जेठी छोरीबाट गत वर्ष एक एक सन्तान जन्मीए पछि उनि हजुर आमा बनेको खुशी सुनाउँ छिन् । 

जन्मान्तर कम गराउन हाल सम्म राज्य र दातृ निकायबाट करोडौं खर्च भई सकेको छ तर सदरमुकाम नजिैकैको अवस्था भने यस्तो हुनु लज्जाको विषय हो कि ?  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली