२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीबाट चोरी भएको मोटरसाइकल बरामद गरी धनीलाई बुझाईयो

३१ जेष्ठ २०७५, बिहीबार ०३:२७

राम नारायण पंडित |  जेठ ३१, सिरहा | सप्तरीबाट चोरी भएको मोटरसाइकल सिरहा प्रहरीले बरामद गरी धनीलाई हस्तान्तरण गरेका छन् ।

जेष्ठ १५ गते सप्तरीको सप्तकोसी नगरपालिका बडा नं. १ फतेपुरबाट हराएको स ७ प ८०८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल जेष्ठ १७ गते बरामद गरी आज (बुधबार) सबारी धनी सोही ठाउँ बस्ने भिरानन्द सोनीलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरीक्षक मनोज चौधरीले बताए ।    

मोटरसाइकल चोरी भएको भन्दै पिडितले सप्तरीको फतेपुर प्रहरीमा निबेदन दिएपछि सर्कुलर हुँदा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल बरामद गरिएको नायब निरीक्षक चौधरीले जनाए । उनले भने “मोटरसाइकल चोरी भएपछि हामीलाई सर्कुलर हँदा मिर्चैया नगरपालिका बडा नं. ५ स्थित चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएकोले नियन्त्रणमा लियौं, मोटरसाइकलमा सबार ३ जना मध्ये एक जना बिरामी रहेकोले चालकले हतारमा बिरामी लिएर आउँदा ब्लुबुक बिर्सेर आएको भन्दै घरबाट ब्लुबुल लिएर आउँछु भनेर गएको एक हप्ता भन्दा बढी समयसम्म नआएपछि सोधखोज गर्दा चोरीको मोटरसाइकल भएको बुझियो ।”

यातायात ब्यबस्था कार्यालयसंग समन्वय पश्चात धनीलाई खबर गरी मोटरसाइकल हस्तान्तरण गरिएको उनले बताए । 


मोटरसाइकल छाडी फरार भएका ब्यक्तिहरुको हुलियाको आधारमा खोजी कार्य जारी रहेको नायब निरीक्षक चौधरीले दाबी गरे । विभिन्न आपराधिक क्रियाकलापमा चोरीका मोटरसाइकल प्रयोग हुने गरेको भन्ने जनगुनासो बढेसँगै चेकजाँचलाई तीव्रता दिएको उनले स्पष्ट गरे । 

उनले चोरीका मोटरसाइकल सस्तो पायो भन्दैमा खरिद गर्नेलाई समेत पक्राउ गरी कारवाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो