२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रोगी माटोले औषधी–उपचार पाउने, गाई भैसीले फेरी सुत्केरी भत्ता

२०७५, ७ असार बिहीबार १६:०४

प्रेम सुनार | असार ७, गुल्मी | बुधवार धुर्कोट गाउँपालिकाले सार्वजानिक गरेको नीति तथा कार्याक्रम भित्रका एका दुई अंश यति वेला देशैभर चर्चाको विषय बनेको छ । निर्जिव माटोलाई परिक्षण गर्ने र रागी पाईए उपचार गरी उत्पादन बृद्धि गर्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख उक्त विषयले केहि वेर सोचमग्न पार्यो ।

अहिले सम्म सजिव मान्छेले समेत आर्थिक अभावका कारण उपचार पाउन नसकेर  अकालमा मृत्यु भोग्न परिरहेको बेला धुर्कोट गाउँपालिकाले निर्जिव माटोलाई पनि उपचार गरेर उन्नत बनाउँन चाहनु ?  यसवारे दुई वटा नकरात्मक र सकरात्मक सवाल मनमा उव्जीयो । नकरात्मक सवालले भन्यो उच्च बढि महत्वकांक्षी र सस्तो लोकप्रियता । अर्को सकरात्मक मनले यस्तो सवाल उठायो सिर्जनशिल मनहरुद्धारा  रचनात्मक कार्यको सुरुवात ।

धुर्को  गाउँपालिकाको यो विषयलाई ‘ उद्देश्य के लिनु उडी  छुनु चन्द्र एक…’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता संग पनि दाँज्न सकिन्छ  ।  सकरात्मक सोच राख्नेहरुका लागि अब माटोलाई समेत औषधी उपचार गर्नु चाहनु अहिलेको प्रविधी संग जनतालाई जोड्न खोज्नु र भविश्यमा माटोलाई औषधी उपचार अनिवार्य तर समान्य जस्तै ठानिने कुरालाई अहिले देखि नै आत्मासात गरिनुलाई दुरगामी सोच मान्नु पर्छ ।

हामीलाई सम्झना छ  जिल्ला मै पहिलो पटक खरको छाना रहित धुर्कोटको उद्घोष त्यसै गाउँपालिकाले  गरेको थियो । जसलाई देशैभरका स्थानिय तहले अनुशरण गरे । अर्को कुरा अहिले सम्म दास कै ब्यवहार भोग्न बाध्य भएका कटुवालहरुलाई देश मै पहिलो पटक तलव तोक्ने त्यही धुर्कोट गाउँपालिका हो ।

ति दुई कुरा सफल पारेकोले पनि त्यसलाई सस्तो प्रचार मात्रै भनेर आलोचना गर्नु रचनात्क कार्यलाई निरुसाहित  गर्न खोज्नु ठहरिने छ । अर्को कुरा देश मै पहिलो पटक पशु चौपायलाई समेत सुत्केरी भत्ता आफैमा एउटा रोचक विषय उठायो धुर्कोट गाउँपालिकाले । भोली कार्यन्वयनको चरण कस्तो हुने हो त्यो हेर्न बाँकी नै छ तर यो विषयलाई राष्ट्रिय सञ्चार माध्यमले समेत निकै महत्व दिएर समाचार सम्पे्रषण गरेका छन् ।

अन्य स्थानिय तहको तुलनामा  विकास कार्यमा सत्ता पक्ष र कोही प्रतिपक्ष नभएको त्यस गाउँपालिकाको विशेषता हो । तत्कालिन माओवादी केन्द्रबाट प्रमुख बनेका पोखरेल, उपप्रमुख शिवबहादुर खत्री विचारका मात्रै फरक होलान तर विकास कार्यमा उनिहरुको साझा भिजन  छ ।

प्रतिपक्षका रुपमा रहेको तत्कालिन एमालेका नेता कृष्ण घिमिरे लगायतको उनका स्थानियतका नेता कार्यकर्ता पनि आफुलाई सत्ता पक्ष कै रुपमा उभाए । उनिहरु विच नीति तथा कार्याक्रम तयार पार्ने बेलामा पनि  हाल सम्म साझा सहमति जुट्यो । 

जनता प्रत्यक्ष प्रभावित हुने विषयमा कसैको त्यहाँ विमती रहेन । प्रमुख प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापा सहित त्यहाँको कर्मचारीतन्त्र पनि युवा जमात छ र केहि गरेरै देखाउँ भन्ने सोचका पाईयो ।

 जनप्रतिनिधी र  कर्मचारी विचको राम्रो तालमेल त्यहाँको एउटा उदाहरण पनि हो । नीति तथा कार्यक्रममा उल्लेख त्यस्ता रचनात्मक कुराहरुलाई कार्यन्वयन गर्न सकिए धुर्कोटको भविश्य उज्वल देखिन्छ र स्थानिय सरकारबाट जनताले गरेको अपेक्षा अवश्य पुरा हुने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी