प्रेम सुनार/असार–१५, गुल्मी। गुल्मीको एकाधा स्थानिय तह बाहेक असारे १५ अर्थात धान रोपाई जात्रा सदियौं देखिको संस्कृतिलाई अधिकांस जनप्रतिनिधीहरुले विर्सेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत.चक्रपाणि पन्थीसंग सम्पर्क राख्दा अहिले विहानको यो समाचार लेख्ने वेलासम्म कुनै पनि स्थानिय तहले असारे १५ विशेष कार्यक्रम आयोजना गरेको जानकारी पाईको छैन ।
धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल संग सम्पर्क राख्दा उनले पानी नपरेका कारण असारे १५ को रौनक ल्याउन नसकिएको बताए । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललविपक्षी राजनैतिक दल काग्रेसका जनप्रतिनिधीहरुले नगर सभालाई अवरुद्ध पारेर टाउँको दुखाएकोले असारे १५ मनाउने वारे सोच्न पनि नभ्याएको जानकारी दिए ।
उनले भने–‘ नगर सभा अवरुद्ध पारेकोले टाउको दुखाईको विषय बनेको छ , त्यसैले असारे १५ मनाउने बारे नगरपालिकाले सोच्न सकेन र वडाहरुले पनि आयोजना गरेको जानकारी आएको छैन ।’
फोन सम्र्पक हुन सकेका अन्य स्थानिय तहले पनि असारे १५ विशेष कार्यक्रम नराखेको बताए । मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले भने अर्लाङ्गकोटको ददल्का फाँटमा रोपाई जात्रा राखिएको जानकारी दिए । वाली गीत भने गाउने मान्छेको अभावमा त्यो रमझम नगरिने उनले बताए ।
स्थानिय निकाय सञ्चालन नहुनु अघि सम्म प्रत्येक वर्ष जिल्लामा वाली गीत सहित भव्य रुपमा असारे १५ विशेष कार्यक्रम हुने गर्दथ्यो । त्यस ताका सिडियो , एलडियो , सुरुक्षा निकायका प्रमुखहरु रोपाई जात्रामा महिलाहरु संग हिलो छ्यापछ्याप गर्दै निध्रुक्कै र हिलाम्मे हुने गर्दथे । जो यसपाली एउटा ईतिहाँस जस्तै बनेको छ । आजको दिन प्रायः झरी पर्दथ्यो तर आज विहानै देखि चर्को घाम लागेको छ ।