‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने म"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीको बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सव

१५ असार २०७५, शुक्रबार ०८:४२

असार १५,  बुटवल | रुपन्देही सैनामैना–८ बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सवको आयोजना गरिएको छ । 


‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ प्रदेश नं ५ सरकारका कृषि तथा सहकारी मन्त्रालयले आज बाँसगढीमा आयोजना गरिएको सो महोत्सवमा मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कृषि तथा सहकारीमन्त्री आरती पौडेललगायतले स्थानीय महिला रोपाहारसँगै (कृषि मजदुर) खेतमा धान रोपेर सहभागी हुनुभएको थियो । 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषि रहेकाले सरकारले यस क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताउनुभयो । 

आर्थिक वर्ष २०७५÷०७६ का लागि प्रदेश सरकारले कृषि क्षेत्रमा रु ९० करोड बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले कृषिको उत्पादकत्व बढाउन जमिन कब्जा गर्ने तर खेती नगरेर बाँझै राख्ने परिपाटीको अन्त्य गर्न विशेष नीति र कानून बनाइने बताउनुभयो । 

कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिजन्य उत्पादन बढाउन यान्त्रीकरण, व्यावसायिकीकरण र आधुनिकीकरणमा प्रदेश सरकारले जोड दिएको छ भन्नुभयो । 

साना किसान सहकारी संस्था सैनामैनाको सहजीकरणमा भएको रोपाइँ महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, उपप्रमुख बिना रानामगरसहित ५०० भन्दा बढी महिला रोपाहार (कृषि मजदुर) धान रोपाइँमा सहभागी भएका थिए । 

महोत्सवमा प्रदेशसभा सदस्य, किसान र कर्मचारी, पञ्चेबाजाको तालमा नाचेका पनि थिए । 

स्थानीय कृषक भोजराज भण्डारीको १५ कट्ठा जग्गामा धान रोपेर महोत्सवको आयोजना गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य