2026-07-27 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा

भरत केसी/असार १८, बुटवल | लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । 

वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ, गौमुखी क्लोनी, बैंक कलोनी क्षेत्र बढी डुबानमा परेका छन् । डुबानमा नगर उपप्रमुख उमा काफ्लेको घरसमेत परेको छ । 

लगातारको वर्षा र नेपाल–भारत सीमा क्षेत्र फरेनामा भारतीय पक्षले निर्माण गरेको बाँध समयमा नखोलिदिँदा भैरहवा जलमग्न हुन पुगेको हो । अहिले नेपाली पक्षले धेरै प्रयास गरेपछि बाँध खुलेको छ । त्यसपछि डुबान भएको पानी विस्तारै घट्दै गएको छ । 

सिनपामा केही वर्षदेखि अर्बौ रकम खर्चेर एसियाली विकास बैंक (एडिबी)ले ढल निकास र नाला बनाएको भएता पनि त्यसको वैज्ञानिकता नहुँदा समस्या निम्तिएको बताइएको छ । 

नगरमा धेरै निर्माणका कार्य भइरहेकाले केही क्षेत्र जलमग्न भएको प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । उहाँले प्राकृतिक समस्याको प्राविधिक निकास खोज्दै डुबान समस्याको समाधान खोजिने बताउनुभयो । 

वस्तीहरु डुबानको जोखिममा पर्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उद्धार कार्यलाई पूर्वतयारी अवस्थामा राखेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्लाका दक्षिणी क्षेत्र डुबानबाट प्रभावित हुन सक्ने खतरा रहेको बताउनुभयो । बाढी प्रभावित भएकाहरुका लागि तत्कालै उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय तहका जनप्रतिनिधिलाई तयारी अवस्थामा राखिएको समेत प्रजिअ रानाले बताउनुभयो । 

आइतबार साँझदेखि परेको लगातारको वर्षाले दक्षिणी क्षेत्रका कतिपय स्थानमा सामान्य डुबानको समस्या देखिन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परिरहेकाले स्थानीय बासिन्दा त्रसित भए पनि डुबानका कारण समस्या भने अझै नदेखिएको प्रहरी कार्यालयले जनाएको छ । 

रुपन्देहीका विभिन्न क्षेत्र हुँदै बग्ने तिनाउ, दानव र रोहिणी खोलामा आएको बाढीले जिल्लाका दक्षिणी क्षेत्र डुबानको बढी जोखिममा रहेका छन् । जिल्लाका मर्चवार र धकधहीलगायत ग्रामीण वस्तीमा डुबानको जोखिम रहेकाले उद्धारका सबै संयन्त्र सतर्कताको स्थितिमा राखिएको प्रशासनले जनाएको छ । 

भैरहवा विमानस्थलमा सेवा अवरुद्ध 

गए रातिदेखिको वर्षाका कारण भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट हुने सबै उडान÷अवतरण आज अवरुद्ध भएका छन् । मौसमका कारण विमानस्थलमा उडान र अवतरणका लागि आवश्यक ‘भिजिविलिटी’ नभएकाले आज मध्याह्नसम्म कुनै पनि उडान हुन सकेन । 

बिहानका चार वटा उडान रद्द भएको विमानस्थलका वरिष्ठ अधिकृत प्रदीप अर्यालले जानकारी दिनुभयो । मौसममा सुधार नआए अन्य उडान पनि सम्भव नभएको उहाँले जानकारी दिनुभयो । 

व्यवस्थित ढल निकास नहुँदा बुटवलका विभिन्न क्षेत्र पनि जलमग्न भएको छ । यसले गर्दा मुख्य राजमार्ग र नगरभित्रका मुख्य सडकखण्डमा आवतजावतमा समस्या उत्पन्न भएको बुटवल उपमहानगरपालिका ११ नं वडाका वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिनुभयो । 

बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन 

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा गएराति पहिरो खस्दा अवरुद्ध बनेको बुटवल–तानसेन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

आइतबार राति करिब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक बिहान डोजर लगाएर पहिरो हटाइएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल