२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव

१९ असार २०७५, मंगलवार ०९:२९

असार १९, बुटवल | भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । 

खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले बताएका छन् । 

सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद्धोधन गाउँपालिकाको अञ्जनी आयल स्टोर्सलगायतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । जिल्ला पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष विशाल गैरेले जिल्लामा पेट्रोलियम पदार्थको ठूलो समस्या नभएको जिकिर गर्दै केही ठाउँबाहेक अधिकांश ठाउँमा पेट्रोलियम पदार्थ पाइएको बताउनुभयो । 

उहाँले पेट्रोलियम पदार्थको हाहाकार नै नभएको उल्लेख गर्दै भारतीय बजारमा आएको उतारचढाव र ढुवानी गर्ने सवारी साधनका कारण केही समस्या देखिएको हो भन्नुभयो । 

कोषाध्यक्ष गैरेले जिल्लामा अहिले १५० ट्र्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गरेको जानकारी दिँदै दैनिक रुपन्देहीमा सात लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको बताउनुभयो । लुम्बिनी डिजेल सेन्टरका सञ्चालक प्रेम वाग्लेले यो समयमा माग बढी हुने भएकाले सबै ठाउँमा अभाव देखिएको हो भन्नुभयो । सैनामैनामा एउटा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ आएपनि अधिकांश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ छैन भन्ने सूचना टाँस गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य