२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

बाढीमा डुबेर मर्नेको संख्या दुई पुग्यो

२०७५, १९ असार मंगलवार ११:०९

असार १९, पर्सा | अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ । 

पर्साको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा रामको मृत्यु भएको थियो भने उनीसँगै डुबेर बेपत्ता भएका कक्षा ९ मै अध्ययनरत छात्र सुरेन्द्र मण्डलको आज बिहान शव भेटिएपछि मर्नेको संख्या दुई पुगेको हो । 

नेरा मावि बर्वाछटैमा सोमबार परीक्षा दिन गएका दुवै विद्यार्थी वर्षाका कारण परीक्षा रद्द भएपछि घर फर्किने क्रममा फन्ठी खोला पार गर्न लाग्दा प्रमिलाको डुबेर मृत्यु भएको थियो भने बेपत्ता भएका मण्डलको शव आज बिहान भेटिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । 

पर्सागढी नगरपालिका–८ निवासी जाँदोलाल साहकी छोरी प्रमिला र बाराको कलैया उपमहानगरपालिका दोहरी निवासी बुधन मण्डलका छोरा सुरेन्द्रको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । पर्साको हरपुरमा रहेको मामाघरमा रही मृतक मण्डल उक्त विद्यालयमा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । 

वर्षाको कमीसँगै डुबान क्षेत्रबाट पानीको सतह कम हँुदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप