2026-09-01 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पहिलो पटक वाल विवाह मुक्त वडा घोषणा

प्रेम सुनार | असार २४, गुल्मी | गुल्मीमा पहिलो पटक एक वडाले वाल विवाह मुक्त वडा घोषणा गरेको छ । यहाँको मदाने गाउँपालिका वडा नम्वर–७ , साविकको भनभने गाविसले यस्तो उदाहरणीय कार्य गरेको हो ।  त्यहाँका वडाध्यक्ष काँशीबहादुर बोहराले स्थानिय जनजागरण क्लवको आयोजनामा  वाल विवाह मुक्त वडाको एक समारोहका विच घोषणा गरेका हुन् ।

मदाने गाउँपालिका उपप्रमुख शरिता खड्काको प्रमुख आतिथ्यतामा आयोजित घोषण सभामा ११ वर्ष देखिका वालिकाहरुलाई ललाई फर्काई विवाह गराउने र त्यसका नाममा वेच विखन समेत भएका खवर आई रहेका वेला यस्तो काय सह्रानिय भएको वक्ताहरुको भनाई  थियो ।

छिमीकी जिल्ला प्युठान संग जोडिएको उक्त गाउँपालिकामा वाल विवाह व्याप्त भए पछि त्यसलाई रोक्न  वाल विवाह मुक्त वडा घोषणा गरिएको जन जागरण वाल सञ्जालका अध्यक्ष सुमन पन्थीले बताए ।

जिल्ला स्थित सिर्जनशिल सामुदायिक विकास केन्द्र तम्घासले उक्त वाल सञ्जाल मार्फत  उक्त कार्यको सुरुवात गरेको जनाईएको छ । यस जिल्ला र छिमेकी जिल्ला प्युठान र बाग्लुङ्गमा ११ वर्षिया वालिका समेत आफै प्रेमी बोलाएर भागी विवाह गर्न थालेको समाचार आए लगत्तै युवाहरुले  विभिन्न संघ संस्थाहरुले यस्तो अभियान छेड्न सुरु गरेका हुन् ।

गुल्मीमा साविकको गाउँ  विकास समिति र जिल्ला विकास समितिले पुर्ण सरसफाई , पुर्ण खोप गाविस र जिल्ला घोषणा गरे पनि वाल विवाह र छुवाछुत मुक्ता गाउँ र जिल्ला घोषणा गर्न सकेका थिएनन । अहिले स्थानिय तहका जनप्रतिनिधीहरुले समेत छुवाछुत मुक्त गाउँ घोषणा गर्न खुट्टा कमाई रहेका छन् ।

तस्वीरमा: मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीलाई  वाल विवाह मुक्त वडा घोषणाको ज्ञापन पत्र बुझाउँदै वाल सञ्जालका अध्यक्ष पन्थी, साथमा प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली