2026-09-13 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा दाल तस्करी बढ्दै, यसरी कटाउछन् नाका

वीरेन्द्र कर्ण/असार ३०, वीरगञ्ज | नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । 

केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । 

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा दालको आयातमा समेत उल्लेखनीय वृद्धि भएको छ । 

मागमा वृद्धि भएपछि दलहनको तस्करी हुन थालेको सुख्खा बन्दरगाहका कर्मचारीको ठम्याइ छ । केही दिनयता तेस्रो मुलुकबाट मरिच आयात ह्वातै घटेको छ भने दलहन आयात बढ्न गएको छ । 

तेस्रो मुलुकबाट आयात भएको दाल भारततर्फ तस्करी कार्यमा लागेका तस्करले पश्चिमी पर्साको जानकी टोला, भिखमपुर, भिस्वा, बुडगाई, अमरपट्टी, प्रसौनी भाटा, इनर्वालगायतका नाकाबाट टायरगाडा ट्र्याक्टर, भ्यानलगायतका सवारी साधनमा लोड गरी भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी धनबहादुर बडुवालले भन्नुभयो, “अहिले तेस्रो मुलुकबाट मरिचको साटो दाल अत्यधिक मात्रामा आउने गरेको छ ।” 

चालू आर्थिक वर्षको तेस्रो सातासम्म यो नाकाबाट रु पाँच अर्ब ८२ करोड ८४ लाख मूल्यबराबरको ११ करोड ७६ लाख ९३ हजार ३५३ किलो दाल तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएको छ । 

गत आवको सोहि अवधिमा रु चार अर्ब ४६ करोड १५ लाख ४० हजार ८२५ मूल्य बराबरको छ करोड ३४ लाख ९० हजार २५० किलो दाल भित्रिएको थियो । 

अस्ट्रेलिया, क्यानडालगायतका तेस्रो मुलुकबाट भारतको बाटो गरी केराउ, मुङ, रहर, मसुरोलगायतका दलहन बढी आयात भएर नेपाल भित्रिने गरेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ । 

दालको तस्करी भइरहेको बारे जिज्ञासा राख्दा पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले अहिले चोरी निकासी नियन्त्रण गरिएको छ तर दाल कुन नाकाबाट तस्करी भई भारत जान्छ आफूलाई थाहा नभएको बताउनुभयो । 

भारतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि तेस्रो मुलुकबाट दाल आयातमा रोक लगाएपछि नेपाल भित्रिने दाल भारत पुग्दा बढी फाइदा हुने भएकाले यसको तस्करी बढ्न गएको हो । 

दाल गेडागुडी आयात गर्दा १० प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन