२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा दाल तस्करी बढ्दै, यसरी कटाउछन् नाका

३० असार २०७५, शनिबार ११:१२

वीरेन्द्र कर्ण/असार ३०, वीरगञ्ज | नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । 

केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । 

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा दालको आयातमा समेत उल्लेखनीय वृद्धि भएको छ । 

मागमा वृद्धि भएपछि दलहनको तस्करी हुन थालेको सुख्खा बन्दरगाहका कर्मचारीको ठम्याइ छ । केही दिनयता तेस्रो मुलुकबाट मरिच आयात ह्वातै घटेको छ भने दलहन आयात बढ्न गएको छ । 

तेस्रो मुलुकबाट आयात भएको दाल भारततर्फ तस्करी कार्यमा लागेका तस्करले पश्चिमी पर्साको जानकी टोला, भिखमपुर, भिस्वा, बुडगाई, अमरपट्टी, प्रसौनी भाटा, इनर्वालगायतका नाकाबाट टायरगाडा ट्र्याक्टर, भ्यानलगायतका सवारी साधनमा लोड गरी भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी धनबहादुर बडुवालले भन्नुभयो, “अहिले तेस्रो मुलुकबाट मरिचको साटो दाल अत्यधिक मात्रामा आउने गरेको छ ।” 

चालू आर्थिक वर्षको तेस्रो सातासम्म यो नाकाबाट रु पाँच अर्ब ८२ करोड ८४ लाख मूल्यबराबरको ११ करोड ७६ लाख ९३ हजार ३५३ किलो दाल तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएको छ । 

गत आवको सोहि अवधिमा रु चार अर्ब ४६ करोड १५ लाख ४० हजार ८२५ मूल्य बराबरको छ करोड ३४ लाख ९० हजार २५० किलो दाल भित्रिएको थियो । 

अस्ट्रेलिया, क्यानडालगायतका तेस्रो मुलुकबाट भारतको बाटो गरी केराउ, मुङ, रहर, मसुरोलगायतका दलहन बढी आयात भएर नेपाल भित्रिने गरेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ । 

दालको तस्करी भइरहेको बारे जिज्ञासा राख्दा पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले अहिले चोरी निकासी नियन्त्रण गरिएको छ तर दाल कुन नाकाबाट तस्करी भई भारत जान्छ आफूलाई थाहा नभएको बताउनुभयो । 

भारतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि तेस्रो मुलुकबाट दाल आयातमा रोक लगाएपछि नेपाल भित्रिने दाल भारत पुग्दा बढी फाइदा हुने भएकाले यसको तस्करी बढ्न गएको हो । 

दाल गेडागुडी आयात गर्दा १० प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य