२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल उपमहानगरपालिकालाई प्रत्येक वर्ष २० वटा चिनिया छात्रवृत्ति

३ श्रावण २०७५, बिहीबार ०६:५०

साउन ३, काठमाण्डौ | बुटवल उपमहानगरपालिकालाई चीनबाट ठूलो सहयोग मिल्ने भएको छ । चीनको सान्सी प्रान्तमा अवस्थित सियान विश्वविद्यालयले महानगरपालिकालाई उच्च शिक्षाका क्षेत्रमा प्रत्येक वर्ष २० वटा छात्रवृत्ति दिने भएको हो । 

हालैमात्र उपमहानगरपालिका र सान्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सो अवसरमा उक्त सियान महानगरपालिकामा रहेको सियान विश्वविद्यालयले सो छात्रवृत्तिको घोषणा गरेको हो । चीनको सान्सी प्रान्तद्वारा केही महिना अघि नागरिक दूत नियुक्त नेपाली प्राध्यापक डा. राजिवकुमार झाको पहलमा उक्त भगिनी सम्बन्ध स्थापना भएको थियो ।

नेपालको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन सिमीत विदेशी विशिष्ट व्यक्तित्वलाई दिइने सो नागरिक राजदूतको उपाधि सियान प्रान्तीय सरकारले झालाई प्रदान गरेको हो । प्रा. डा. झाले उक्त पदमा नियुक्त भएसँगै आफूले सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि गरेको प्रस्ताव उक्त प्रान्तको सरकारले स्वीकृत गरेको थियो । 

यस सम्बन्धपछि सियानस्थित ‘सियान युनिभर्सिटी अफ आर्ट एण्ड साइन्स’ ले बुटवल उपमहानगरपालिकाभित्र पर्ने कुनै विश्वविद्यालयसँग मिलेर ‘कन्फ्यूसियस इन्स्टिच्युट’ स्थापना गर्ने र यसमार्फत दुई नगरबीच शिक्षाको क्षेत्रमा सहकार्य र सहयोगको योजना बनाइएको पनि प्रा.डा. झाले जानकारी दिए । यसका साथै केही हप्तामात्र अघि पनि चीनको सान्सी प्रान्तमै रहेको अर्काे नगरपालिका आङखान नगरपालिकाले पनि प्रा डा. झालाई नागरिक दूत नियुक्त गरेपछि उनले तिलोत्तमा नगरपालिका र उक्त आङखान गरपालिकाबीच पनि भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अघि बढाइएको जानकारी दिए । सियान महानगरपालिका र सियान मेडिकल विश्वविद्यालयको उच्चस्तरीय प्रतिनिधिमण्डल बुटवल आउने र त्यसपछि छात्रवृत्तिका साथै कन्फ्युसियस इन्स्टिीच्युट स्थापनाको बारेमा छलफल हुने प्रा.डा.झाले जानकारी दिए । 

यसअघि गतवर्ष मात्र प्रा.डा. झालाई सियान प्रान्तले नै चिनियाँ एक बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा नियुक्त गरेको थियो । चिनियाँ विश्वविद्यालयमा प्राध्यापनरत डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य