२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

६ श्रावण २०७५, आईतवार ०७:००

साउन ६, पर्सा | प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन् । 

विसं २०७२ मा भएको मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी गम्भीर घाइते भएका चार घाइतेले आज यहाँ पत्रकार सम्मेलन गरी मधेशवादी नेताले आफू निकटकालाई सामान्य घाइते हुँदासमेत लाखौंँ रुपैयाँ राहत प्रदान गरे पनि प्रहरीको गोली लागी घाइते भएकालाई नगण्य राहत प्रदान गरेको आरोप लगाउनुभयो । 

वीरगञ्ज महानगरपालिका–२२ निवासी उपेन्द्र यादवले प्रहरीले चलाएको गोली खुट्टामा लागी आफू घाइते हँुदा ३० महिनासम्म स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा आफ्नो घरजग्गा बिक्री गरी रु १५ लाख खर्च भएकामा शोधभर्ना माग्दा प्रदेश नं २ का मुख्यमन्त्रीले नदिने बताएको भन्दै यस्तो विभेदको अन्त्य गर्न केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गर्नुभयो । 

“मलाई छ जनाको परिवार पाल्न गाह्रो भएको छ, म कामसमेत गर्न सक्षम छैन, आप्mनो परिवारको भरणपोषण तथा बालबालिकाको पढाइको जिम्मा सरकारले लिनुपर्छ ”, उहाँले भन्नुभयो, “यही साउन ३ गते प्रदेश सरकारले वीरगञ्जका दुई जना घाइतेलाई रु तीन लाख राहत प्रदान गरे पनि मलाई रु एक लाख र उपचारमा गरिएको खर्चसमेत दिएनन् ।” 

मधेश आन्दोलनका अर्का घाइते नगिना पासवानले प्रहरीले चलाएको गोली टाउकामा नै रहेको र आफू कामसमेत गर्न नसकेकाले परिवारको भरणपोषणमा समस्या भए पनि केन्द्र तथा प्रदेश दुवै ठाउँमा सरकारमै रहेका मधेशवादी नेताले कुनै वास्ता नगरेको आरोप लगाउनुभयो । 

आँखाबाट आँशु झार्दै पासवानले भन्नुभयो, “टाउकोमा रहेको गोलीका कारण मैले काम गर्न सकेको छैन, मेरो आर्थिक अवस्था बिग्रिँदै गएकाले परिवारको भरणपोषणको प्रबन्ध मिलाइदिन केन्द्र तथा प्रदेश सरकारसँग आग्रह गर्छु ।” 

पत्रकार सम्मेलनमा सहभागी मधेश आन्दोलनका घाइते लालबाबुप्रसाद र अनर्जित यादवले सबै घाइतेलाई उचित राहत र उपचार खर्च अविलम्ब दिन माग गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य