२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा जिल्लामा विपद प्रतिकार्य समूह तालीम आजदेखि सुरु

२०७५, ७ श्रावण सोमबार १२:०८

साउन ७, गुल्मी | गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह  तालीम  आजदेखि सुरु गरिएको छ ।  जिल्लामा विपदको समयमा तत्काल व्यबस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा यो तालीम सन्चालन गरिएको हो । 

आजदेखि साउन  १२ गते सम्म ६ दिन सन्चालन हुने उक्त तालीममा जिल्लाका १२ बटै स्थानीय तहका प्रतिनिधि, उद्योग बाणिज्य संधका प्रतिनिधि, नेपाल प्रहरी ,नेपाल आर्मी, शसस्त्र प्रहरी बल तथा रेडक्रसका स्वयंसेवक गरी २४ जनाको सहभागिता रहेको छ । तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास गराइने छ । र   प्रशिक्षार्थीको विषयगत तथा व्यवहारगत मुल्याँकन हुनेछ । 


नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाका सभापति श्री अनुप कुमार श्रेष्ठको सभापतित्वमा आजै विहान सम्पन्न उदघाटन समारोहमा जिल्ला विपद व्यबस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । उदघाटन कार्यक्रममा, प्रहरी उपरीक्षक, गुल्मपति, शसस्त्र प्रहरी नायव उपरीक्षकको समुपस्थिति रहेको थियो ।

नेपाल रेडक्रसद्धारा सन्चालित विपद उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम अन्तरगत सो तालिम सञ्चालन गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । 

तालीममा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महेशचन्द्र गौतमको नेतृत्वमा प्रशिक्षक टोली खटाइएको छ । सो टोलीमा अन्जन आचार्य, उत्तम शर्मा , डिवि पछाई र कृष्ण खनाल हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा