२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

रौतामा धार्मिक पर्यटकस्थल निर्माणका लागि बृहत् गुरुयोजना

११ श्रावण २०७५, शुक्रबार ०५:०५

साउन ११, उदयपुर | जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । 

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताउनुभयो । 

गाईघाटदेखि रौतासम्म केबलकार सञ्चालनका लागि दुबै गाउँपालिका र नगरपालिकका साथै अन्य ठूला निजी कम्पनीको आर्थिक लगानीका लागि छलफल भएर सहमति नजिक पुगेको उहाँले जानकारी दिनुभयो । 

यस्तै रौता पोखरी क्षेत्रमा यसै आवदेखि नै भ्यूटावर निर्माण गरिने, विद्युत्, खानेपानी, र प्रहरी चौकी स्थापना र गेष्टहाउस निर्माण गरी चार वर्षभित्र रौता क्षेत्रलाई जिल्लाकै बृहत् पर्यटकीयस्थलका रुपमा विकास गरिने सोही गाउँपालिकाकको उपाध्यक्ष कुमारी ठकुरीले बताउनुभयो ।सो गुरुयोजनाका लागि झण्डै रु एक अर्बभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ । 

अबको चार वर्षभित्र उदयपुर जिल्लाको धार्मिक पर्यटकस्थल रौता क्षेत्र जिल्लाकै पहिलो धार्मिक तीर्थस्थलको रुपमा पूर्ण विकसित हुने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि दुईहजार मिटरको उचाइमा अवस्थित रौता पोखरी क्षेत्रमा जिल्लाकै धार्मिक पवित्र तीर्थस्थल रौता पोखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा 

दैनिक २०० सम्म तीर्थयात्री आउने गरेको स्थानीय जुद्धबहादुर मगरले बताउनुभयो । 

उच्च पहाडी क्षेत्रमा रहेको रौताबाट सगमाथा हिमालसहित, सोलुखुम्बु, ओखलढुंगा खोटाङ भोजपुर जिल्ला देख्न सकिन्छ भने दक्षिणतर्फ सुनसरीको इटहरी, दुहबी, सप्तकोशी, सिरहा र जनकपुरसमेत देख्न सकिने रौता गाउँपालिका–३ का कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

केबलकार जडान, भ्यूटावर निर्माण कार्यले अब रौता क्षेत्र जिल्लाकै बृहत् पर्यटकस्थलका रुपमा विकासित हुने र योजना सम्पन्न भएपछि रौतामा वार्षिक सातलाखसम्म पर्यटक भित्र्याउन सकिने त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य