२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको प्रशिद्ध भाडगाउँले सुन्तला वजारमा

१३ मंसिर २०७२, आईतवार ०६:३२

प्रेम सुनार/मङ्सिर १३, गुल्मी । यस हप्ता देखि गुल्मीको प्रशिद्ध भाडगाउँले सुन्तला वजारमा विक्रि गर्न सुरु गरिएको छ । साविकको अर्खले गाविसमा पर्ने हालको रेसुङ्गा नगरपालिकाको भाडगाउँ स्वादिलो सुन्तलाको गाउँका रुपमा सदियौ देखि परिचीत रहेको छ ।

यसर्थ पनि भाडगाउँको सुन्तला वजारमा आयो रे भन्ने सुन्न साथ मानिसहरु तम्घासको चिदिचौरमा आएर किन्दै खाँदै र घाम ताप्दै गर्छन ।

त्यसो त भाडगाउँ भन्न वित्तिकै जिल्लाभरका मानिसहरुले त्यहाँका ठुला दाना भएका सुन्ताल सम्झेर मुख रसाउने गर्दछन् । भाडगाउँमा पहिला पहिला व्यवसायक रुपमा सुन्तला खेती गरिदैनथ्यो । एकादुई परिपारले डोकोमा बोकेर ल्याई तम्घास बजारमा बेच्ने गरे पनि अधिकांसले ब घर आउने मानिसहरु र आफन्तजलाई कोशेलीका रुपमा दिने , पठाउने चलन थियो ।

तस्वीरः भाडगाउँले सुन्तला तम्घासको चिदिचौरमा बेच्दै व्यपारीहरु

तर पछिल्लो पिढिले व्यवसायीक रुपमा सुन्तला खेती गर्न थाले पछि त्यहाँको सुन्तलाले अहिले सदरमुकाम तम्घास देखि पाल्पा, वुटवल र भैरहवा सम्मको वजार पाउन थालेको छ । एउटा सानो गाउँ भाडगाउँबाट मात्र वार्षिक सरदर २० लाख सम्मको सुन्तला विक्रि हुने गर्दै आएकोमा अहिले फुल फुल्ने समयमा असिना परेकोले सुन्तला उत्पादनमा भारी गिरावट आएको त्यहाँका कृषिकहरु ताउ छन् ।

व्यवसायीक सुन्तला खेतीमा अगुवाई गर्दै आएका भाडगाउँका युवा कृषक निरज मरासीनीले गर्त वर्ष सम्म आफुले वार्षिक डेढ लाख आम्दानी लिदै आएकोमा यसपाली त्यसको आधा कम अर्थात करिव ६० ÷७० हजार भन्दा बढिको सुन्तला उत्पादन नभएको बताए ।

भाडगाउँका अन्य अगुवा सुन्तला व्यवसायी थम्मन केसी, पदमलाल पाण्डे, शेरजंग वस्नेत ईन्द्रबहादुर बस्नेत , एमबहादुर जिएम लगायतका दर्जनौ कृषकहरुले पनि यसपाली आधा जस्तो सुन्तला उत्पादनमा कमी आएको बताएका छन् । तर फलेका दानाहरु विगतका वर्षमा जस्तै ठुला र रसिला रहेका छन् । भाडगाउँको सुन्तला राणाकाल र पञ्चायतकालमा ठुल्ठुला भाई भारदाहरु हरुकहाँ समेत कोशेलीका रुपमा जाने गरेको थियो ।

प्रति किलो ६० देखि ८० रुपैयाँ सम्म तम्घासको चिदिीचौरमा भाडगाउँको सुन्तला बेच्दै वसी रहेका छन् यहाँका सडक व्यपारीहरु । स्वादिलो सुन्तालको गाउँका रुपमा चिनिने अर्को गाउँ पिपलधारा, हाडहाडे, भनभने र नयाँगाउ , अर्खलेको वालकाटे लगायतका सुन्तलाहरु अझै पाकी नसकेको बताईएको छ ।

यस वर्ष गुल्मीमा सुन्तला उत्पादन वारे जिज्ञाषा राख्दा जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास तथा सुचना अधिकृत फटकबहादुर थापाले अधिकांस सुन्तला वोटमै रहेकोले एकिन भन्न नसकिने बताए । उनले भने–‘ यस वर्ष असिना परेका कारण सुन्तलाको उत्पादनमा करिव २५ प्रतिशत गिरावट आउने अनुमान गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयको विवरण अनुसार गत वर्ष गुल्मीमा २ हजार ७ सय ५० मेट्रिक टन सुन्ताला उत्पादन भएको थियो । त्यसवाट सरदर प्रति किलो ४० का दरल हिसाव गर्दा गर्त वर्ष ११ करोड भन्दा बढिको सुन्तला गुल्मीमा उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने