2026-06-28 04:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

साझासबालकर्मि प्रेम सुनार सम्मानित

पुस ७, गुल्मी । साझासबाल मिडियाद्धारा सञ्चालित साझासबाल डटकम गुल्मी सम्बाददाता प्रेम सुनार सम्मानित हुनुभएको छ । सुनार विदेशमा रहेको एक संस्थाद्धारा सम्मानित हुनुभएको हो ।गुल्मी सेवा समाज कतारले आज नेपाल पत्रकार महासंघ गुल्मीमा एक समारोहका बीच सम्मान पत्र र दोसल्ला ओढाएर उहाँलाई सम्मान गरेको हो ।

सुनारले साझासबाल डटकममा लगायत रेडियो स्काईबाट प्रशारण हुँदै आएको चर्चित रेडियो कार्यक्रम ओझेलका खबर मार्फत गुल्मी जिल्लाका विपतमा परेका ब्यक्ति परिवारलाई सहयोग जुटाउन र विदेशमा रहेका नेपालीहरुसँग समन्वयमा सहयोग पु¥याएको भन्दै समाजले सम्मान गरेको हो ।

सुनारलाई समाजका केन्द्रीय उपाध्यक्ष बुद्ध पाण्डे, गुल्मी क्षेत्र नम्बर तीनका संयोजक नारायण केसी अर्याल, केन्द्रिय सदस्यहरु राजु पाण्डे, राम प्रसाद रेग्मी, अविरल अजित लगायतले सम्मान गरेका थिए । सम्मान कार्यक्रमलाई समाजका केन्द्रिय अध्यक्ष शिव खड्कबकाले फोन मार्फत सम्बोधन गर्दै पत्रकार सुनारले गुल्मी जिल्लामा रहेर पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, सचिव तारा भुसाल, कोषाध्यक्ष अनिल खत्री लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । यसैबीच पत्रकार सुनारलाई चेक रिपब्लिकमा रहेका रायमाझी परिवारले पनि सम्मान गरेका छन् । गुल्मीको वामी ८ का बैकुण्ठ रायमाझी र मुसिकोट कालिरह घर भइ चेक रिपब्लिकमा कार्यरत जितेन्द्र रायमाझीले सम्पूर्ण रायमाझी परिवारको तर्फबाट २५ हजार नगद सहित सम्मान गरेका हुन् ।.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी