२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार खर्च दिईने !

२४ श्रावण २०७५, बिहीबार ०१:४४

साउन २४, ओखलढुंगा | जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन । 

सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने निर्णय गरेको छ। बर्थिङ सेन्टरमा जन्मने शिशुको परिवारलाई भने १ हजार दिने भएको छ।

यो निर्णय सुन्दा एउटा अर्थ लाग्ने देखिए पनि यसको उद्देश्य विशेष छ। गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने  ‘वृद्ध अपांक भत्ताका नाममा वर्षेदेखि कर्मचारी र भत्ता लिने आफन्ले मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता लिएर अनियमितता गर्दै आएका थिए । मृत्यु भएकाको परिवारलाई ५ हजार किरिया खर्च दिन थालेपछि यसको अन्त्य हुँदै जान्छ।’ 

गाँउपालिकामा मृत्यु हुनेलाई किरिया खर्चका साथै समवेदना पत्र दिई अभिलेख राख्ने गाँउपालिकाले जनाएको छ। अभिलेख राख्दा मृत्यु भएको व्यक्तिको सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति एकै हो कि होइन भन्ने निक्योल गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ