२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गाईघाट – फोक्सिङटार सडक अवरुद्ध

२४ श्रावण २०७५, बिहीबार ०५:५५

साउन २४, उदयपुर | सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ । 

गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र लैजान समस्या भएको बलाम्ताका राजकुमार राईले बताउनुभयो । 

सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको जाँते, बलाम्ता, रसुवा, ताम्लिछा, आपटार क्षेत्र र सुनकोशी पारी खोटाङका बिरामीलाई समस्या परेको छ । सडक अवरोधले पहाडी क्षेत्रका जनता दुई तीन दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेको आपटारका दलबहादुर कटुवालले बताउनुभयो । 

गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका प्रमुख इञ्जिनीयर हरि पोखरेलका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न प्रयास भइरहेपनि पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन गएको डोजरनै फसेको बताउनुहुन्छ । 

अर्को स्काभेटर पुनः पठाएर सडक अवरुद्ध हटाउन प्रयास गरेको र त्यो पनि पहिरोमा फसेको पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य