2026-09-01 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

काँग्रेसले संविधान कार्यान्वयनमा धोका दिएको एमाले सचिव ज्ञवालीको भनाई

माघ २४, गुल्मी । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपालीले संविधान निर्माण गर्दा छिमेकि ले नाकावन्द गर्नु दुखद भएको वताउनु भएको छ।

आज नेकपा एमाले वामी गुल्मीले वामिटक्सारमा गरेको संविधानको कार्यान्वयन, राष्ट्रिय एकता सुदृढिकरण कार्यक्रममा सम्बोधन गर्दै ज्ञवालीले प्रधानमन्त्रि केपि ओलीको अडान, नेपाली जनताको साथका कारण नेपाली राष्ट्रियता सामु भारत झुकेको र नाकावन्दि खुलेको वताउनु भएको छ। संविधान निर्माणको समयमा एकता वद्ध भएका दलहरु कार्यान्वयनमा पनि एकवद्ध हुनु पर्नेमा नेपाली काँग्रेसले धोका दिएको आरोप लगाउनु भएको छ।

अहिलेको सरकारले राष्ट्रियता विरुद्ध कुनै काम नगर्ने वताउँदै, अवको वाटो आर्थिक रुपान्तरण र सम्वृद्धिको भएकोले एमालेकै नेतृत्वमा सम्भव भएकोले सम्पूर्ण शक्ति आर्थिक विकास मा लगाउनु पर्ने वताउनु भएको छ। विकास निर्माणको सन्दर्भमा गुल्मीका कुरा गर्दै ज्ञवालीले रिडि रुद्रवेणि वामीटक्सार दरमखोला मोटरवाटोको कालोपत्रे गर्न रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

ज्ञवालीले झेंदिमा पक्कि पुल, वामीको सिंचाई योजना लगाएतका काम अगाडि वढाउने वताउनु भएको छ। नेपाली काँग्रेस प्रति आक्रामक देखिएका ज्ञवालीले गुल्मीमा एमाले विरुद्ध अफवा फैलाएको भन्दै काम गरेर देखाउन चुनौती दिनुभएको छ। कार्यक्रममा नेकपा एमालेपूर्व अञ्चल सदस्य तथा पूर्व सांसद कमलराज श्रेष्ठ, नेकपा एमालेका युवा नेता डा. सुर्य पाठक, नेकपा एमाले कार्यवाहक जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, एमाले जिल्ला सचिव सोमनाथ सापकोटा, लगाएतले वोल्नु भएको थियो ।

कार्यक्रम एमाले वामी अध्यक्ष गोपिकृष्ण खरेलको अध्यक्षता, जिल्ला सल्लाहकार परिषद्का सदस्य महेश वहादुर जि.सि.को स्वागत मन्तव्य तथा क्षेत्रिय उपसचिव प्रकाश काफ्लेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका कलाकार हरुले जनवादि गित, नृत्य तथा हाँस्यव्यङ्य कार्यक्रम प्रस्तुत गरेका थिए ।

– कमल पौडेल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन