६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दोहली श्रोतकेन्द्रले अब्बल जनशक्ति तयार गर्ने

२ चैत्र २०७२, मंगलवार १२:१८

computer2प्रेम सुनार, चैत २, गुल्मी । बिद्यालय स्तरबाटै सूचना संचार र प्रविधिको सीप युक्त जनशक्ति तयार गर्ने उदेश्यले गुल्मीको दोहली स्रोतकेन्द्रले एउटा राम्रो अभ्यासको थालनी गरेको छ । एक बिद्यालय एक कम्प्युटर अभियान संचालन गरी केन्द्रले बिद्यालयहरुलाई आधुनिक प्रविधिसंग परिचित हुने सीप र प्रविधियूक्त जनशक्ति उत्पादनको थलो बनाउने उसले थालनी गरेको छ ।

जुन कार्यक्रमलाई सफल बनाउन दोहली स्रोत केन्द्रले अहिले एक विद्यालय कम्तीमा एक कम्प्युटर र कम्प्युटर सम्बन्धी आधारभूत सीपयुक्त जनशक्ति भन्ने कार्ययोजनानै बनाएर लागु गरेको छ । जस अन्तरगत प्रत्येक विद्यालयमा कम्प्युटरको व्यवस्था गर्ने, आधुनिक प्रविधिलाई सिकाईमा उपयोग गराउनका लागि आधारभूत ज्ञान सीप भएको जनशक्ति तयार गर्ने र सूचना तथा सञ्चार प्रविधिलाई माध्यम र विषयका रुपमा उपयोग गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य केन्द्रको रहेको स्रोत व्यति लाल बहादुर कुँवरले बताउनुभयो ।
यस कार्यक्रमले दोहली स्रोतकेन्द्रका आधारभूत तहदेखि उच्च माध्यमिक तह सम्म प्रत्येक विद्यालयमा सूचना र सञ्चार प्रविधि लाई सिकाईको माध्यम, सामग्री र विषयमा रुपमा व्यवस्थित गर्ने योजना रहेको छ । दोहली स्रोतकेन्द्रमा हाल २ वटा उच्च मावि , ४ वटा मावि ८ निमावि र २० वटा प्रावि गरी ३४ वटा सामुदायिक विद्यालय रहेकाछन् । त्यस्तै स्ांस्थागत तर्फ नि.मा.वि. १ र प्राथमिक ३ गरी जम्मा ३८ वटा विद्यालयहरु रहेका छन् ।

यो अभियान लागु हुनुपुर्व स्रोत केन्द्र अन्तरगतका सामुदायिक बिद्यालय तर्फ राम राज्य उमावि दोहली, अर्जे उमावि अर्जे, ठाढुङ्गा मावि दर्लामचौर, आनन्दपुर मावि इस्मा रजस्थल, जमलपोखरा मावि छापहिले र रानीपोखरी निमावि अर्जेमा केहि थान कम्प्युटर खरिद गरी प्रयोगमा ल्याइएको थियो । भने संथागत तर्फ सिद्ध प्रावि इङ्गलिस बोर्डिङ्ग स्कुल अर्जेमा कम्प्युटर संचालनमा रहेका थिए ।
बिद्यालयको निम्न माध्यमिक तहको पाठ्यक्रममा ऐच्छिक विषयको रुपमा कम्प्युटर विषय व्यवस्था भएपनि त्यसको वैकल्पिक विषयको रुपमा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भइ नसकेको अवस्थामा यो कार्यक्रम निकै फलदायी हुने देखिएको छ ।

स्रोत केन्द्रको पहलमा गत मंसीर १५ गते बसेको प्रध्यानाध्यापकहरुको बैठकले यो कार्यक्रमलाई अभियानको रुपमा अगाडि वढाउने प्रतिबद्धता गरेको थियो । सोहि अभियानको चार महिना नपुग्दै स्थानीय चन्दादाता, समुह, संघसंस्था, अभिभावकको सहयोग र आन्तरिक स्रोतबाट ११ वटा प्राथमिक विद्यालय र निम्न माध्यमिक विद्यालयमा कम्प्युटर उपलब्ध भईसकेको स्रोत व्यक्ति कुवंरले जानकारी दिनुभयो । अभियानको शुरुवात मनकामना प्राविमा दोहली ८ बाट भएको थियो । स्थानीय क्यारसिंह खत्रीले बिद्यालयलाई एक सेट कम्प्युटर हस्तान्तरण गरेर अभियानको थालनी गर्नुभएको हो । त्यस्तै सिद्ध प्रावि इस्मा रजस्थललाई लील बहादुुर बिष्टले कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

computer1

नेपाल राष्ट्रिय निमावि दोहली कल्यारमा प्रध्यानाध्यापक राम बहादुर नेपालीले एक सेट कम्प्युटर प्रदान गर्नुभयो । अभियानकै क्रममा सुर्योदय प्रावि दोहलीमा पनि स्थानीय टीका कुमारी अधिकारी स्वतस्र्फुत रुपमा कम्प्युटर प्रदान गर्नुभयो । देउराली निमावि दोहली ७ मा शिवशत्ति आमा समुहले बिद्यालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको थियो । स्थानीय आमा समुह, दिपमाला युवा क्लव र अभिभावकले चन्दा संकलन गरी देविस्थान निमाविमा कम्प्युटर हस्तान्तरण गरिएको छ ।

चन्द्र निमावि दोहली ९ मा प्रध्यानाध्यापक बाबुराम खनाल, खड्ग प्रावि इस्मा रजस्थलमा अभिभावकहरले चन्दा संकलन गरी बिद्यालयलाई कम्प्युटर हस्तान्तरण गरे । त्यस्तै जनशक्ति प्रावि दोहली १ मा स्थानीय दामु गिरी र रैना देवि प्रावि अर्जेमा लायन्स क्लवको सहयोगमा कम्प्युटर प्रदान गरिएको केन्द्रले जनाएको छ । भने सुन्तला निमाविमा बिद्यालयका आन्तिरक स्रोतबाट एक थान कम्प्युटर खरिद गरिएको छ ।

यी संगै हाल सम्म जम्मा १८ वटा सामुदायिक र १ वटा संस्थागत विद्यालय गरी १९ वटा विद्यालयमा कम्प्युटर उपलब्ध भई सकेको छ । सुन्तला देवि निमावि, दर्लामचौर प्रावि, आलम देउराली प्रावि र कालिका प्रावि गरी चार वटा विद्यालयमा गा.वि.स ले एक÷एक थान कम्प्युटर उपलब्ध गराइदिने गाउँपरिषदबाटै निर्णय भएको गाविसले जनाएको छ । कालिका निमावि दोहली, कुमारी निमावि इस्मा रजस्थल र दिपज्योति बोर्डिङ्ग इस्मा रजस्थलमा दाताहरु र आन्तरिक स्रोत वाट शैक्षिक सत्र २०७३ को शुरुवाटनै व्यवस्था गर्ने योजना रहेको छ । यसरी यसै आर्थिक वर्षको अन्त्य सम्म करीव २५ वटा विद्यालयमा कम्प्युटर उपलब्ध भई त्यसको सामान्य प्रयोग भै सक्ने योजना केन्द्रको रहेको छ ।

computer3
साथै यसलाई व्यवस्थित रुपमा संचालन र व्यवस्थापन गर्न आधारभूत सीप यूक्त जनशक्तिको निर्माण गर्न जिल्ला शिक्षा कार्यालय र बिद्यालयहरुको सहकार्यमा तालिम संचालन गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनु भयो । दोहोली स्रोत केन्द्रको यो अभियान निकै प्रभावकारी र उदाहरणिय भएकाले स्रोत व्यक्ति लाल बहादुर कुवंर, केन्द्र अन्तरगतका प्रध्यानाध्यापक एवं शिक्षकहरुलाई धन्यबाद दिदै आफु र आफुनो कार्यालयलको पूर्ण सहयोग रहने बताउनुभयो ।
तालिम पछि उपलब्ध कम्प्युटरलाई सञ्चालन र सिकाई सहजीकरणमा थप उपलब्धि हासिल हुने केन्द्रको अपेक्षा रहेको छ । श्रव्य दृष्य सामग्रीहरु तथा कम्प्युटरलाई विषयको रुपमा प्रयोग गर्दा आवश्यक जनशक्तिको अभावले यसको उपयोगिता कम हुने भएकाले यो समस्यालाई समाधान गर्न एक विद्यालय, एक कम्प्युटर र एक जना आधारभूत सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्यले कार्ययोजना तयार हो ।
कार्ययोजना अन्तर्गत पहिलो चरणमा चैत्र १ गते देखि बैसाख १५ गते भित्र शिक्षकहरुलाई तालिम दिइनेछ । तालिममा विद्यालयले विद्यालय व्यवस्थापन समितिको परामर्शमा लामो समय सम्म विद्यालयलाई सेवा दिन सक्ने र आई .सी.टी. प्रति उत्सुक शिक्षक छनोट गरी पठानेछन् । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा वढिमा २५ जना शिक्षकलाई सहभागी गराउने र आवश्यक विद्यालयले शिक्षकका लागी पायक पर्ने तालिम प्रदायक संस्थामा गई तालिम लिनेछन् ।

तस्विर : एक बिद्यालय एक कम्प्युटर अभियान संचालन भएपछि स्रोत केन्द्र अन्तरगतका केहि बिद्यालयमा विभिन्न व्यक्ति द्धारा कम्प्युटर हस्तान्तरण गर्दै गरेका केहि झलक ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा