२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुसिकोटले दियो नगर भित्रै अकर्षक रोजगार

२६ श्रावण २०७५, शनिबार ०६:५५

प्रेम सुनार । साउन–२६, गुल्मी । लामो समय देखि बैदेशिक रोजगारमा बसेर छुट्टिमा दुवईबाट घर आएका  महेश सुनार गाउँ मै दिनको साढे सात  सय  कमाउन सक्ने बातवारण  गुल्मीको मुसिकोट नगरपालिकाले बनाई दिए पछि  त्यहाँ कमाउने करिव ५० हजार तलव हापेर यति वेला डकर्मी काममा लागेका छन ।  

मुसिकोट नगरपालिका–३,  त्यसै चुँदरी गाउँका कमल सुनार ऋण खोजेर कि विदेश जाने कि त भारत तिर जाने तर्खरमा थिए ।  उनले भने–‘ यहाँका जनप्रतिनिधीहरुले भने–‘ काम खोज्न किन बाहिर जानु प¥यो यतै डकर्मी सिकर्मी वा तिमीहरुले राजेको तालिम ल्याउँ  बाहिर कमाउने पैसा यहि बसेर कमाईन्छ ।  त्यसको केहि दिन पछि  डकर्मी । सिकर्मीको तालिममा बोलाए । अहिले साईलाबा कान्छाबा र  म सहित हाम्रो गाउँबाट  भुकम्पले भत्केका घर निर्माणमा दैनिक साढे सात सयका दरले महिनाको बिस एक्काईस हजार सम्म   कमाउँछौं , यत्तिको भए पछि  घर चल्ने देखियो । ’

त्यस वडाध्यक्ष कर्णध्वज जिसीका अनुसार त्यस वडामा अहिले राजगारीका अन्य वातवरण पनि सिर्जना गरिदैछ । उनले भने–‘नेपाल रेडक्रश सोसाईटीले पनि त्यहाँका २० जनालाई डकर्मी, सिकर्मी तालिम दिएर स्वरोजगार बनयो ।  गत वर्ष नगरपालिकाले करिव  पाँच सय   जनलाई एक हप्ते सिकर्मी डकर्मी र पलम्वरिङ्ग तालिम दिलायो र भुकम्पले क्षतिग्रस्त घर नगरपालिकाले बनाउने भौतिक पुर्वधारमा लगाउने भएको छ ।’

त्यसका अलवा   कार्यभार सम्हाल्न् साथ त्यस नगरपालिकाले एक वडामा ६ जनाका दरल लेन्थ वर्कर राख्यो  । जसले गर्दा ९ वटा वडामा अति विपन्न परिवार छानेर ५४ जनालाई प्रत्यक्ष रोजगार दिलाईएको छ । उनिहरुले जनही मासिक १२ हजार तलव खान्छन ।  वडा नम्वर ७ का वडाध्यक्ष तथा  आर्थिक विकास समितिका  संयोजक प्रकाश काफ्लेका अनुसार यस चालु आर्थिक वर्षमा डकर्मी, सिकर्मी, वाईरिङ्ग, पलम्वीङ्ग र ड्राईभिङ्ग तालिम करिव हजार जनालाई दिलाउने गरी रकमको ब्यवस्था गरिएको छ ।

नगर भित्र गरिने सवै प्रकारका कामदारहरु बाहिरबाट नल्याउने गरी नगर भित्र जनशक्ति विकास गर्ने नगर कार्य समितिले अवधारणा बनाएको छ । आगमी पाँच वर्ष भित्रमा रोजगारीका लागि कोही  बाहिरिन नपरोस भन्ने लक्ष्यका साथ आफुहरु अगाडी बढेको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

उनले कुनै किशान मजदुरहरु बेरोजगार बस्नु परेमा सिधै नगरपालिकामा  निवेदन दिन आए नगरपालिकाले नागरिकको अधिकारका रुपमा उजुरी ठानेर रोजगारी दिईने  प्रतिबद्धता जनाए ।  त्यस्तै किशानका लागि विउँ विजन, मल , तालिम र अनुदानको ब्यवस्था गरिए पछि त्यस नगरले भने झै पाँच वर्ष भित्रमा बैदेशिक रोजगारमा जानेहरुको संख्या कम हुने देखिन्छ । मन्त्री एवं त्यस क्षेत्रका सांसद गोकर्णराज विष्टले स्थानिय तह मै रोजगारीको शुनिश्चिता हुने गरी रकम विनियोजित  निर्वाचन क्षेत्रका सवै स्थानिय तहका जनप्रतिनिधीहरुलाई विशेष आग्रह गर्दै आएको मेयर सापकोटा सहितका जनप्रतिनिधीहरु बताउँछन  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की