2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

राप्तीपारिका विकट गाउँको पीडा

साउन २८, बाँके (रासस) | बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकास निर्माणमा ज्यादै पछि परेको छ । 

गाउँपालिकामा विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा भारतीय बजारमै बढी आश्रीत छन् । 

नरैनापुरका सीमावर्ती गाउँमा रोटीबेटीको सम्बन्ध पनि भारतसँगै जोडिएको छ । त्यसो त उनीहरु रुपैयाँ पनि बढी भारतीय नै प्रयोग गर्छन् । सीमावर्ती गाउँका अधिकांश नागरिकको कारोवार भारतीय बजारमै निर्भर छ । 

नेपालतिर सडकको राम्रो पहुँच नहुँदा यहाँका नागरिकको सम्बन्ध छिमेकी देशको सीमा बजारतिर नै जोडिएको हो । 

नागरिकता, लालपूर्जा र मत हाल्ने समयमा मात्रै नेपाली क्षेत्रसँग सम्बन्ध राख्छन् । सम्पर्क भाषा हिन्दी बोल्ने यहाँका स्थानीय भारतीय मुद्रामै कारोवार गर्छन् । मुस्लिम र मधेशी समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका नागरिक प्रायः नागरिकता र राहदानी लिनका लागि मात्रै सदरमुकाम नेपालगञ्ज पुग्छन् । 

यहाँका अधिकांश नेपालीको रोजगारी भारतमा नै छ । खाद्यान्नलगायतका बस्तु किन्न भारत जानुपर्ने बाध्यता भएकाले नेपाली रुपैयाँ नचल्नुको अर्को कारण हो । सियो, सलाइदेखि खाद्यान्न र स्वास्थ्योपचार गर्न भारतीय बजार नै पुग्नुपर्ने बाध्यता छ । “नेपाली रुपैयाँ चल्दैन, भारु चल्छ, हामीलाई भारु नै चाहिन्छ” कालाफाँटाका स्थानीय सुकदेव यादवले भन्नुभयो । 

राप्तीपारिका गाउँलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने हुलाकी सडक अलपत्र भएकाले त्यसको पीडा उनीहरुले बोकीरहेका छन् । बाटोघाटो अभावमा पनि उनीहरुलाई भारतीय बजारमै निर्भर हुनुपर्छ । “सडक, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा नेपालको भन्दा उतैको छ” यादव भन्नुहुन्छ, “गाउँमा कोही बिरामी पर्दा हाम्रो सदरमुकामबाट एम्बुलेन्स आउनै सक्दैन, आए पनि खराब बाटोका कारण तीन/चार घण्टा लागिहाल्छ । अनि हामीलाई भारतकै अस्पतालमा सस्तो र सहज हुन्छ ।” 

लक्ष्मणपुरका स्थानीय झग्रु यादव भन्नुहुन्छ, “अहिले पनि नेपाली रुपैयाँ चलनचल्तीमा निकै कम छ । मालपोत, नापी, नागरिकतालगायतका काम परेमात्रै नेपाली पैसा बोकेर सदरमुकाम जानुपर्छ ।” 

जिल्लाकै विकट मानिने उक्त क्षेत्र नेपाली भूमि भए पनि नेरु निकै कम चल्ने गरेको छ । नेपाली रुपैयाँ कम मूल्यमा मूल्याङ्कन गरी कारोवार गर्दा स्थानीयले कुनै अनौठो मान्दैनन् । पुर्खौंदेखि नेरुलाई कम मानेर कारोवार हुँदै आएको मटेहियाका चिन्कु यादवको भनाइ छ । नेपालमै नेपाली रुपैयाँ नचल्दा बाहिरबाट यहाँ पुग्ने जो कोही व्यक्ति आश्चर्यमा पर्छन् । 

विकट मानिने गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँयालगायतका सीमावर्ती गाउँमा पैसामात्रै होइन भाषा र सवारीसाधनसमेत भारतीय नै देखिन्छन् । भौगोलिक विकटताले नेपालसँगको सीधा सम्पर्कमा नरहेका राप्तीपारिका सीमावर्ती गाउँका नागरिकलाई भारतीय बजारमै जानु पर्ने बाध्यता रहँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द