पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन २८, बुटवल ।</b> यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।<br></p><p>कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार शाहहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो ।</p><p>नयाँ सवारीसाधन दर्ताका लागि शाहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।</p>

