२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ग्वालीचौर ८ का स्थानीयले उत्पादन गरेको दुधले बजार पाउने

२०७२, २० चैत्र शनिबार १५:४०

अनिश शर्मा गैरे/प्रकाश घिमिरे । चैत २०, गुल्मी ।
बाग्लुङ्को ग्वालीचौर ८ का किसानहरुले अब आफ्नो मिहेनतले उत्पादन गरेको दुधको उचित मुल्यका साथ बिक्रि बितरण गर्न पाउने भएका छन । ग्वालीचौरमा आज सम्पन्न भएको स्थानिय बुद्धिजिवि, समाजसेबी लगायतको बसेको भेलाले भोलीबाट नै दुध बितरण गर्ने उद्धेश्यका साथ एक समिति समेत गठन गरिएको छ ।

ग्वालीचौर ८ दाँगमा दुध डेरी सञ्चालन समिति नाम दिइएको सो समितिको अध्यक्षमा लोकनाथ घिमिरे रहनुभएको छ भने उपाध्यक्षमा थुमलाल घिमिरे, सचिबमा नारायण पौडेल रहनुभएको छ । थानापति निमाबिमा सम्पन्न भएको भेलामा नवगठित समितिका अध्यक्ष लोकनाथ घिमिरेको नै अध्यक्षता रहेको थियो भने पशु सेवा कार्यालय बुर्तिबाङ्का पशु बिकास अधिकृत निलकण्ठ शर्मा को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई मैनबत्ती बालेर उद्घाटन गर्दे प्रमुख अतिथि शर्माले बाग्लुङ जिल्लाको पश्चिम भेगमा सबैभन्दा धेरै दुध उत्पादन हुने गरेकामा किसानहरुले आफ्नो दुध बेच्न कुनै माध्यम नभएको कारण यस्तो दुध डेरी सञ्चालन हुनु सुखद भएको बताउनुभयो । किसानहरुले आफ्नो मिहेनत अनुसारको प्रतिफल प्राप्त गर्नको लागी पनि डेरी आबश्यक रहेको र यसरी स्थापन हुनु स्वागत योग्य काम भएको बताउनुभयो ।

त्यसैगरी उहाँले सम्पुर्ण किसानहरुले आफ्नो घरमा हुने दुध ल्याएर दुध बिक्रि गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पशु सेबा उपकेन्द्र खर्बाङ्का नायब प्राबिधिक सहायक महेन्द्रराज पन्थीको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन थानापति निमाबिका प्रद्यानाध्यापक खिमराज घिमिरेले गर्नुभएको थियो ।
अबबाट ग्वालीचौर ८ दाँगका का किसानहरुले आफ्नो मिहेनतले उत्पादन गरेको दुधलाई एक लिटर बराबर ५० रुपैयामा बिक्रि गर्न पाउने छन । भने स्थानीयहरुले सचिब पौडेलको घरमा दुध ल्याइ पुर्याएमा भिमगिठे बेकरिज उद्योगमा दुध पुग्ने गवालीचौरबाट सहयोगी चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो । यसरी दुध डेरी स्थापन हुनु सुखद भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा