२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब एक दिन लम्बियो

२०७३, २१ बैशाख मंगलवार १३:३३

 बैशाख २१, वामी (गुल्मी) । नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सब आज सातौ दिन पनि जारी रहेको थियो । महोत्सब मनाउने क्रममा बिबिध कार्यक्रमहरु सम्पन्न भएका छन् । आजका मुख्य आकार्षणको रुपमा स्मारिक बिमोचन, प्रभाभफेरी, सरस्वती पुजा लगायतका अनय कार्यक्रमहरु रहेका थिए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको कायक्रममा बिद्यालयका संस्थापक प्रद्यानाध्यापक केदार प्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माको बिशिष्ट आतित्यथा रहेको थियो । त्यसैगरी मुल समारहेका संयोजक हरि बहादुर थापा, नेका युबा नेता दामोदर भुषाल, बुटवल बहुमुखी क्याम्पसका प्राद्यापाक डाक्टर बुद्ध थापा,पूर्वाञ्चल विश्व विद्यालय विराटनगरका उपप्रध्याप डा.उत्तम रेग्मी,राष्ट्रिय अनुसन्धानका पूर्व एसएसपी भिम बहमदुर थापा, रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री लगायतको विशेष उपस्थिती रहेको थियो ।

बिद्यालयका सम्पुर्ण गतिबिधिहरु सहितको स्मारिक प्रमुख अतिथि तथा बिशिष्ट अतिथिले बिमोचन गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने चन्दादतालाई सम्मान गरिनुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । शिक्षक ईन्द्रमणी खनालको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन एभिन्युज टेलिभिजनका मदन खाती, सञ्चारकर्मी भुवन भुषाल र शिक्षक अच्युत गीरीले गर्नुभएको थियो ।

यसैबिच आज सम्पन्न हुने भनेको कार्यक्रम मौसमको प्रतिकुलताका कारण सम्पन्न नभएको हुँदा भोली सम्पन्न हुने बिद्यालले जनाएको छ ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ