२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बडागाँउका अग्नि पिडीतको लागी झण्डै २३ लाख आर्थिक संकलन

२२ बैशाख २०७३, बुधबार १४:३९

बैशाख २२, वामी (गुल्मी) । शनिबार भएको आगलागी बाट आफ्नो सारा सम्पत्ति जलेर आकाशको छानो ओढ्न बाध्य भएका बडागाँउका अग्नि पिडीतहरुको लागी अहिले सम्म झण्डै २३ लाख बराबरको आर्थिक सहयोग संकलन भएको छ ।

बिभिन्न गाँउ बिकास समितिहरु, संघसंस्था, बिद्यालय, आमा समुह, क्लब, स्थानीय, बिदेशी नेपालीहरु लगायतले गरी हाल सम्म २२ लाख ८२ हजार ३ सय ७६ रुपैया सहयोग संकलन भएको अग्नि पिडीत अन्तर्गत सञ्चार समितिका संयोजक चुरा बहादुर छन्तेलले जानकारी दिनुभयो । त्यसैगरी पिडीतहरुलाई अन्य जिन्सी सहयोग पनि हुने क्रम जारी रहेको छ ।

आज पनि राहात बितरण कार्यक्रम जारी रहेको थियो । आज वामीटक्सारमा रहेको वामीटक्सार युबा क्लबले १ लाख १ सय ६६ नगद हस्तान्तरण गरेको छ । जापानमा रोजगारीमा रहेको नेपालीहरु बाट संकलन भएको ७१ हजार १ सय ६६ र क्लबले संकलन गरेको २८ हजार पाँच सय गरी १ लाख १ सय ६६ रुपैया आज अग्नि पिडीत समति बडागाँउ वडा नम्बर १, २ र ३ लाई हसन्तरण गरिएको हो । हस्तान्तरण गर्न क्लबको प्रतिनिधित्व गर्दे वामी बाट सन्तोष शाक्य, निर्मल शाक्य, निरन बौद्धाचार्य, अम्बु श्रेष्ठ लगायत त्याहा पुग्नुभएको थियो ।

त्यसैगरी आज मालिका ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुल वामीले पनि सहयोग संकलन गरी पिडीत समक्ष हस्तान्तरण गरेको छ । बिद्यालयका शिक्षक बिद्यार्थीहरु द्धारा संकलित १० हजार रुपैया बिद्यालयका शिक्षक मेघ प्रसाद श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी मुसीकोट गाँउ बिकास समिति द्धारा १ लाख ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरिएको छ ।

गाबिस बाट १० हजार, वडा १ बाट ११ हजार ४ सय ९, २ बाट ८ हजार १ सय ५०, ३ बाट ११ हजार एक सय ८५, ४ बाट १३ हजार ५ सय ६५, ५ बाट १० हजार २ सय ५० ,६ बाट ३१ हजार २ सय ५०, ९ बाट ८ हजार १ सय ५१, नेपाल राष्ट्रिय त्रिभुबन माबि बाट ९ हजार ४ सय ६०, महिला बहुउद्धेश्यीय सहकारी संस्थाबाट रु ५ हजार, सिद्ध प्राबि बाट २६ सय ४८, तुफान परिकल्पना युबा क्लब बाट रु २ हजार । जनज्योती प्राबि १ हजार गरी १ लाख ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरिएको हो ।

-अनिश शर्मा गैरे बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य