२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अनिश्चितकालीन तालाबन्दी

५ भाद्र २०७५, मंगलवार ०७:०८

भदौ ५, राजविराज | औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । 

उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बँुदे माग प्रस्तुत गर्दै मूलढोकामै धर्नामा बसेका छन् । उद्योग भित्र नियमित विद्युत् आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था गर्नुपर्ने, गत वर्ष बाढीले भत्काएको उद्योगको पर्खाल निर्माण गर्नुपर्ने, सामान्य वर्षामा पनि औद्यौगिक क्षेत्र डुबानमा पर्ने भएकाले पानी निकासको उचित व्यवस्था गर्नुपर्ने, स्वच्छ पानीका लागि बोरिङको व्यवस्था गर्नुपर्ने, औद्योगिक सुरक्षाबलको व्यवस्था गर्नुपर्ने र वर्षाले पानी पसेर उद्योगका उपकरणमा पु¥याएको क्षतिको यकिन गरी क्षतिपूर्ति दिनुपर्ने मागपत्रमा उल्लेख छ । 

समस्याग्रस्त औद्योगिक क्षेत्रको सुधारका लागि व्यवस्थापन समक्ष पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि आश्वासनबाहेक केही नपाइएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको कोशी पोलिमर्स उद्योगका सञ्चालक प्रमेश यादवले जानकारी दिनुभयो । मिलन डेरीका सञ्चालक मिलन सिंहले पनि माग पूरा नभएसम्म तालाबन्दी र धर्ना जारी रहने बताउनभयो । 

उक्त क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले आवश्यक बजेट नहुँदा विद्युत् आपूर्ति, पर्खाल निर्माण, औद्योगिक सुरक्षाबलको नियुक्ति, बोरिङको व्यवस्थालगायतका काम अघि बढाउन नसकिएकाले सम्वद्ध निकायमा आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । 

भारत सरकारको सहयोगमा २०५१ सालमा स्थापित औद्योगिक क्षेत्रमा शुरुदेखि नै विभिन्न समस्या आइपरेपनि कर्मचारीको बेवास्ताका कारण अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उद्योगीहरूको भनाइ छ । करीब २३ बिघा जग्गामा निर्माण गरिएको सो औद्योगिक क्षेत्रभित्र १० उद्योग सञ्चालन गर्न सकिने क्षमता भए पनि आवश्यक सेवा र सुविधा नहुँदा हाल कोशी पोलीमर्श, मिलन डेरी, कृष्णा खाद्य, महालक्षमी पेट र पद्म ज्योति प्लाष्टिक उद्योग मात्र सञ्चालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र