२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

निकुञ्जमा बाघको सङ्ख्या बढ्दै

७ भाद्र २०७५, बिहीबार ०७:५६

भदौ ७, वीरगञ्ज | पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पुर्याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुतm बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको अनुमान गरिएको हो । 

सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा सात वटा पाटेबाघ रहेको थियो । तर सन् २०१७÷१८ मा गरिएको राष्ट्रिय सर्वेक्षणको नतिजा आउन बाँकी रहे पनि पाटे बाघको सङ्ख्या दोब्बरले वृद्धि हुने अनुमान रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । 

बारा, पर्सा र मकवानपुर गरी तीन जिल्लालाई समेटेर पर्सा वन्यजन्तुबाट पर्सा राष्ट्रिय निकुञ्जमा गतवर्ष परिणत भएपछि यसको क्षेत्र विस्तार भएर ६२७ वर्ग किलोमिटरमा फैलिएको छ । बाघबाहेक हात्ती, चितवा तथा भालु जस्ता हिंस्रक जनावरसमेत रहेकाले निकुञ्ज घुम्न आउने पर्यटकलाई सुरक्षित घुमाउन हात्ती अथवा सफारी गाडी प्रयोग गर्ने गरिन्छ । बाहिरबाट आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखेर बाहिरबाट आउने कुनै पनि सवारी साधनलाई निकुञ्जभित्र प्रवेश गर्न रोक लगाइएको छ । 

संसारकै लोपोन्मुख प्रजातिका रुपमा रहेको पाटे बाघ लोप हुन थालेपछि निकुञ्ज प्रशासनले यसको सङ्ख्या वृद्धि गर्न प्रभावकारी कार्यक्रम अघि सारेका छन् । 

प्रत्येक वर्ष निकुञ्जको भाठा क्षेत्रमा लाग्ने धार्मिक मेलाको कारण बाघको बासस्थान प्रभावित भई प्रदूषण बढ्नाले सो मेला अन्यत्र सार्न निकुञ्ज प्रशासनमाथि चुनौती थपिँदै गएको छ । 

सन् २०१३ को तथ्याङ्कलाई हेर्दा नेपालमा रहेका आरक्ष तथा निकुञ्जमा हाल १९८ वटा वयस्क बाघहरु रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य