2026-09-13 09:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

निकुञ्जमा बाघको सङ्ख्या बढ्दै

भदौ ७, वीरगञ्ज | पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पुर्याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुतm बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको अनुमान गरिएको हो । 

सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा सात वटा पाटेबाघ रहेको थियो । तर सन् २०१७÷१८ मा गरिएको राष्ट्रिय सर्वेक्षणको नतिजा आउन बाँकी रहे पनि पाटे बाघको सङ्ख्या दोब्बरले वृद्धि हुने अनुमान रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । 

बारा, पर्सा र मकवानपुर गरी तीन जिल्लालाई समेटेर पर्सा वन्यजन्तुबाट पर्सा राष्ट्रिय निकुञ्जमा गतवर्ष परिणत भएपछि यसको क्षेत्र विस्तार भएर ६२७ वर्ग किलोमिटरमा फैलिएको छ । बाघबाहेक हात्ती, चितवा तथा भालु जस्ता हिंस्रक जनावरसमेत रहेकाले निकुञ्ज घुम्न आउने पर्यटकलाई सुरक्षित घुमाउन हात्ती अथवा सफारी गाडी प्रयोग गर्ने गरिन्छ । बाहिरबाट आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखेर बाहिरबाट आउने कुनै पनि सवारी साधनलाई निकुञ्जभित्र प्रवेश गर्न रोक लगाइएको छ । 

संसारकै लोपोन्मुख प्रजातिका रुपमा रहेको पाटे बाघ लोप हुन थालेपछि निकुञ्ज प्रशासनले यसको सङ्ख्या वृद्धि गर्न प्रभावकारी कार्यक्रम अघि सारेका छन् । 

प्रत्येक वर्ष निकुञ्जको भाठा क्षेत्रमा लाग्ने धार्मिक मेलाको कारण बाघको बासस्थान प्रभावित भई प्रदूषण बढ्नाले सो मेला अन्यत्र सार्न निकुञ्ज प्रशासनमाथि चुनौती थपिँदै गएको छ । 

सन् २०१३ को तथ्याङ्कलाई हेर्दा नेपालमा रहेका आरक्ष तथा निकुञ्जमा हाल १९८ वटा वयस्क बाघहरु रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन