2026-09-14 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कर वृद्धिबारे बुझाउन आवश्यक

भदौ ८, नेपालगञ्ज | बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे यहाँ टिप्पणी गरिँदै आएको छ । 

नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताउनुहुन्छ । “कर वृद्धि गर्नु नराम्रो होइन । तर कति वृद्धि गर्ने, कुनकुन शीर्षकमा वृद्धि गर्नेलगायत कुराको अध्ययन गर्नुपर्छ,” उहाँले भन्नुभयो । स्थानीय तहले आफूले गर्न लागेको कामको जानकारी पहिले नै नागरिकलाई गराउनुपर्ने उहाँको भनाइ छ । 

स्थानीय निकायले व्यवसाय, घर बहाल, मनोरञ्जन, घरजग्गा, सवारीसाधन, विज्ञापन लगायतमा कर वृद्धि गरेको छ । “नागरिकले कर अनिवार्य तिर्नुपर्छ, कर बढाउनेबारे नागरिकलाई बुझाउनु पर्छ”, नेपालगञ्जका व्यापारी रामलखन गुप्ताले भन्नुभयो । विकास निर्माणका काममा करबाट सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । स्थानीय तहले करबारे आश्वस्त गर्न नसक्दा त्यसप्रति नकारात्मक धारणा बढेको हो । 

स्थानीय तहले बढाउँदै नबढाएको करबारे हल्ला गर्नेको सङ्ख्या पनि उत्तिक्कै छ । नेपालगञ्ज उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख भूपति खत्री मदिरा तथा सुर्तीजन्य वस्तुमा कर बढाएको बताउनुहुन्छ । प्रदूषण गर्ने इँट्टाभट्ट तथा तारे होटललाईसमेत कर बढाएको उहाँले बताउनुभयो । विगतमा वार्षिक रु १५ हजार कर लिँदै आएको इँट्टाभट्टामा रु २० हजार, चुरोटको डिलरलाई रु १० हजारबाट रु १२ हजार, पान पसललाई रु एक हजारबाट रु दुई हजार ५०० तथा मदिरा बेच्ने पसललाई रु एक हजार ५०० बाट रु दुई हजार ५०० कर बढाइएको छ । 

यसैगरी, तारे होटलमा विगतको भन्दा १० प्रतिशत कर वृद्धि गरिएको छ । विदेश पढ्न जाने विद्यार्थीसँग लिने कर रु १५ हजारबाट रु पाँच हजार घटाइएको छ । जिल्लाका ८ स्थानीय तहले बिलासिताका वस्तुमा कर बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, “बढाउँदै नबढाएको करबारे विस्तारै नागरिकले थाहा पाउनेछन् ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले